२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज बैंकक जाँदै



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्यान्डको राजधानी बैंकक जाँदै हुनुहुन्छ ।

यही २१ देखि २५ अप्रिलसम्म हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन उहाँ बैंकक जान लाग्नुभएको हो ।

‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग शीर्षक’मा आयोजित सत्रमा सहभागी हुन मन्त्री राणाको नेतृत्वमा परराष्ट्र, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुन लागेका हुन् ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।