२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्यअनुसार काम गर्न निर्देशन



अ+ अ-

काठमाडौँ  । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कार्य सम्पादनलाई आधार बनाएर चौमासिक लक्ष्यअनुसार काम गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयमा मङ्गलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा एवं कार्य सम्पादन सम्झौता कार्यक्रममा यस्तो निर्देशन दिनुभएको हो ।

प्रवक्ता डा। खतिवडाले ‘पछि गरौँला’ भन्ने बानीले समेत नतिजामा पछाडि परिने चर्चा गर्दै थप्नुभयो, “कार्य सम्पादन सम्झौता औपचारिकता मात्र होइन, व्यक्तिगत पनि होइन, संस्थागत सम्झौता हो । मन्त्री, सचिव फेरिए पनि सम्झौता फेरिन्न । चौमासिक कार्ययोजनाअनुसार काम गरौँ ।”

सरकारी खर्च र आम्दानी व्यवस्थापनमा एकीकृत वितरण प्रणाली आवश्यक रहेकोमा जोड दिँदै उहाँले लामो समयदेखि परिवर्तन नभएका गैरकरका दरलाई पुनरवलोकन गर्नुपर्ने बताउनुभयो । विधि नपुर्याई गरिएका जति राम्रो काम पनि विवादित बन्नसक्ने भएकाले त्यसतर्फ सचेत रहँदै बेरुजू घटाउनेतर्फ ध्यान दिन मातहत निकायलाई उहाँले निर्देशन दिनुभयो । निरन्तर सम्पर्क, समन्वयले कतिपय काम छिटो गराउन सकिनेतर्फ ध्यान दिन आग्रह गर्दै उहाँले त्यसका लागि सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

उहाँले सञ्चालक समितिले मन्त्रालयसँग छलफल गरी कार्य अगाडि बढाएमा अन्तरनिकाय विवाद नआउनेमा सबैलाई सचेत गराउनुभयो । जवाफदेहिता सहितको स्वायत्तताको पक्षमा आपूm रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “स्वायत्तता भित्रको अराजकता स्वीकार्न सकिन्न । यसले समस्या निम्त्याउँछ र लक्षित उद्देश्य प्राप्त गर्न सकिन्न ।” डिजिटल नेपाल फ्रेमवर्कअनुसार निजी तथा सरकारी सेवा, बैङ्क, वित्तीय कारोबारलगायत धेरै आर्थिक कारोबार विद्युतीय प्रणालीमार्फत गरिने भएकाले ‘साइबर सेक्युरिटी’मा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

वार्षिक समीक्षा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बेरुजू फस्र्योटको अवस्था चित्तबुझ्दो नरहेको बताउनुभयो । निर्धारित लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय अत्यन्त आवश्यक रहेको चर्चा गर्दै उहाँले प्रत्येक महिना कार्य मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो ।

आगामी वर्ष ५० प्रतिशत बेरुजू फस्र्योट गर्न निर्देशन दिँदै उहाँले त्यसका लागि मन्त्रालयले सहयोग गर्ने वचन दिनुभयो । राष्ट्रिय योजना आयोगका सहसचिव डा .किरण रुपाखेतीले डिजिटल नेपाल फ्रेमवर्कमा मन्त्रालयले धेरै काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका प्राधिकरण, विभाग, संस्थान गरी १७ निकायले वार्षिक प्रगति समीक्षा प्रतिवेदन पेस गरेका थिए ।

सो अवसरमा मन्त्री डा. खतिवडाले सचिव बस्याललाई कार्य सम्पादन सम्झौता गराउनुभएको थियो । यसैगरी सचिव बस्यालले मातहत १७ निकायका प्रमुखलाई कार्य सम्पादन सम्झौता गराउनुभएको थियो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।