२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल



अ+ अ-

काठमाडौँ। साहित्यकार उपरथी आशबाहदुर तामाङले रचना गर्नुभएको कविता, गीत गजल, लेखको सङ्ग्रह ‘सिपाहीको कलमबाट अङ्क २’ को विषयमा छलफल गरिएको छ ।

आज यहाँ बिजुलीबजारस्थित गीतकार सङ्घ नेपालको सभाहलमा आयोजना गरिएको ‘स्रष्टा र सिर्जना–चर्चा र परिचर्चा’ कार्यक्रममा पुर्व मन्त्री तथा गीतकार एसपी कोइरालाले गीतलाई समृद्ध बनाउन सबै क्षेत्रका मानिसले कलम चलाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हल्ला खल्ला गर्न नरुचाउने तथा आफ्नो सिर्जना बोलोस् भन्ने भाव भएको व्यक्तिको रुपमा मैले साहित्यकार तामाङलाई चिनेको छु । गीतसङ्गीत सिर्जना गर्न होस् वा साहित्यका लागि कोमल हृदय चाहिन्छ भनिन्छ तर विभिन्न पेसामा रहेर पनि काम गरिरहेकामध्ये एक उहाँ हुनुहुन्छ । उहाँ पेसाले भूतपूर्व सैनिक भएकाले पनि उहाँका साहित्य सिर्जनामा देशभाव पाइन्छ ।

साहित्यकार तामाङले आफ्नो आमाबुवामार्फत साहित्यलाई बुझ्ने मौका पाएको बताउनुभयो । “मैले मेरो अभिभावकबाट साहित्यलाई सिक्न पाएँ, मेरो इच्छा त्यहीँबाट बढेको हुनुपर्छ । म अगाडिको पुस्ता बुवाआमा र मपछिको पुस्ताले साहित्य र सङ्गीतलाई आत्मसात गर्नुभएको छ । आगामी दिनमा म यसलाई निरन्तरता नै दिनेछु”, उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा गीतकार आनन्द अधिकारीले साहित्यकार तामाङको व्यक्तिगत जीवनका बारेमा चर्चा गर्नुभएको थियो भने साहित्यकार बुलु मुकारुङले उहाँको सिर्जनाको विषयमा चर्चा गर्नुभयो । रासस