२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल

‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
अ अ+ अ-

काठमाडौँ। साहित्यकार उपरथी आशबाहदुर तामाङले रचना गर्नुभएको कविता, गीत गजल, लेखको सङ्ग्रह ‘सिपाहीको कलमबाट अङ्क २’ को विषयमा छलफल गरिएको छ ।

आज यहाँ बिजुलीबजारस्थित गीतकार सङ्घ नेपालको सभाहलमा आयोजना गरिएको ‘स्रष्टा र सिर्जना–चर्चा र परिचर्चा’ कार्यक्रममा पुर्व मन्त्री तथा गीतकार एसपी कोइरालाले गीतलाई समृद्ध बनाउन सबै क्षेत्रका मानिसले कलम चलाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हल्ला खल्ला गर्न नरुचाउने तथा आफ्नो सिर्जना बोलोस् भन्ने भाव भएको व्यक्तिको रुपमा मैले साहित्यकार तामाङलाई चिनेको छु । गीतसङ्गीत सिर्जना गर्न होस् वा साहित्यका लागि कोमल हृदय चाहिन्छ भनिन्छ तर विभिन्न पेसामा रहेर पनि काम गरिरहेकामध्ये एक उहाँ हुनुहुन्छ । उहाँ पेसाले भूतपूर्व सैनिक भएकाले पनि उहाँका साहित्य सिर्जनामा देशभाव पाइन्छ ।

साहित्यकार तामाङले आफ्नो आमाबुवामार्फत साहित्यलाई बुझ्ने मौका पाएको बताउनुभयो । “मैले मेरो अभिभावकबाट साहित्यलाई सिक्न पाएँ, मेरो इच्छा त्यहीँबाट बढेको हुनुपर्छ । म अगाडिको पुस्ता बुवाआमा र मपछिको पुस्ताले साहित्य र सङ्गीतलाई आत्मसात गर्नुभएको छ । आगामी दिनमा म यसलाई निरन्तरता नै दिनेछु”, उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा गीतकार आनन्द अधिकारीले साहित्यकार तामाङको व्यक्तिगत जीवनका बारेमा चर्चा गर्नुभएको थियो भने साहित्यकार बुलु मुकारुङले उहाँको सिर्जनाको विषयमा चर्चा गर्नुभयो । रासस