२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

‘राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको छ’

‘राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको छ’
अ अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको बताउनुभएको छ ।

आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनद्वारा आज आज यहाँको गोदावरी नगरपालिका–४ बडिखेलमा आयोजित पाँचौँ पुरुष तथा महिला राष्ट्रव्यापी क्योकुशिनकाई कराते प्रतियोगितामा मन्त्री गुरुङले नेपालको भूगोलअनुसार मार्सल आर्टमा ध्यान दिने हो भने अन्तरराष्ट्रिय क्षेत्रमा धेरै सफलता हासिल गर्न सकिने बताउनुभयो ।

खेलकुदलाई महत्व दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु, खेलकुदमा हामीले धेरै काम गर्न सक्छौँ, नेपालको गरिमा र प्रतिष्ठा कायम गर्न सक्छौँ, राष्ट्रिय स्वाभिमान कायम राख्न सक्छौँ”, उहाँले भन्नुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा खेलकुदका पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्ने कुरालाई समेट्ने प्रयास गर्ने बताउनुभयो ।

विश्वस्तरमा हुने प्रतिस्पर्धामा भाग लिन सक्ने खेलाडी उत्पादनमा हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौं, खेल पूर्वाधारको पर्याप्त विकास गर्न नसक्दा हामी पछाडि परेका छौँ, त्यसलाई ध्यान दिने छौँ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशका सचिव नवराज सिलवालले स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले युवा खेलाडीलाई उत्प्रेरणा प्राप्त हुने बताउनुभयो । उहाँले खेलाडीलाई प्रतिबद्ध भएर खेल्न आग्रह गर्नुभयो ।

आइकेओके क्योकुशिनकाई नेपालका मुख्य प्रशिक्षक समीर श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न डोजोमा प्रशिक्षण गराउने १७ जना प्रशिक्षकले निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ । आजबाट सुरु भएको प्रतियोगिता भोलि शनिबार सम्पन्न हुने आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनका शाखा प्रमुख केशव देसारले जानकारी दिनुभयो । रासस