२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको छ’



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति हाबी हुँदा नेपालको खेलकुद क्षेत्र पछि परेको बताउनुभएको छ ।

आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनद्वारा आज आज यहाँको गोदावरी नगरपालिका–४ बडिखेलमा आयोजित पाँचौँ पुरुष तथा महिला राष्ट्रव्यापी क्योकुशिनकाई कराते प्रतियोगितामा मन्त्री गुरुङले नेपालको भूगोलअनुसार मार्सल आर्टमा ध्यान दिने हो भने अन्तरराष्ट्रिय क्षेत्रमा धेरै सफलता हासिल गर्न सकिने बताउनुभयो ।

खेलकुदलाई महत्व दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु, खेलकुदमा हामीले धेरै काम गर्न सक्छौँ, नेपालको गरिमा र प्रतिष्ठा कायम गर्न सक्छौँ, राष्ट्रिय स्वाभिमान कायम राख्न सक्छौँ”, उहाँले भन्नुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा खेलकुदका पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्ने कुरालाई समेट्ने प्रयास गर्ने बताउनुभयो ।

विश्वस्तरमा हुने प्रतिस्पर्धामा भाग लिन सक्ने खेलाडी उत्पादनमा हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौं, खेल पूर्वाधारको पर्याप्त विकास गर्न नसक्दा हामी पछाडि परेका छौँ, त्यसलाई ध्यान दिने छौँ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशका सचिव नवराज सिलवालले स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले युवा खेलाडीलाई उत्प्रेरणा प्राप्त हुने बताउनुभयो । उहाँले खेलाडीलाई प्रतिबद्ध भएर खेल्न आग्रह गर्नुभयो ।

आइकेओके क्योकुशिनकाई नेपालका मुख्य प्रशिक्षक समीर श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न डोजोमा प्रशिक्षण गराउने १७ जना प्रशिक्षकले निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ । आजबाट सुरु भएको प्रतियोगिता भोलि शनिबार सम्पन्न हुने आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोशियसनका शाखा प्रमुख केशव देसारले जानकारी दिनुभयो । रासस