२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको छ: उपप्रधानमन्त्री सिंह



अ+ अ-

चितवन। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको बताउनुभएको छ ।

पुलचोक–गोन्द्राङ् ६ लेन सडकको आज यहाँ उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले पछिल्ला वर्षमा धेरै काम भएको तर जनताको अपेक्षाअनुसार काम गर्न भने समय लाग्ने बताउनुभयो । आफ्नै लगानीमा काम गर्न सकिन्छ भन्ने बलियो उदाहारण यो सडकले दिएको उहाँको भनाइ थियो ।

अब सडक बनाउने अनी भत्काउने गर्न हुँदैन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम गर्नुपर्छ । सङ्घीयताको भावना भनेकै सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने हो”, उहाँले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले यसरी नै पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो । उहाँले यो सडक सरकारकै लगानीमा बन्दै गरेको बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सडक निर्माणका क्रममा एकैपटक सबै पूर्वाधार रहने गरी गृहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता परियोजना बनाउँदा धेरै बाधा व्यवधान आउने भन्दै सबै मिलेर निर्माणका काम गर्नुपर्ने बताउनुभयो । यो बागमती प्रदेशकै नमूना सडक भएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पहल कदमी महानगरले लिएकाले यो सडक निर्माण सम्पन्न हुँदै गर्दा सबैभन्दा खुसी आफू र महानगरवासी भएको बताउनुभयो । सडक निर्माणका लागि महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर आग्रह गरेपछि काम भएको उहाँले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हालसम्म देशभर एक लाख पाँच हजारभन्दा बढी किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । विसं २०६२÷६३ मा ६५ हजार किलोमिटर सडक कालोपत्र भएकामा २०४७ साल अघि २५ हजार किलोमिटर मात्र सडक कालोपत्र भएको उहाँले जानकारी दिनुभयो ।

देशका ७७ जिल्लाका सदरमुकाममा यातायातका साधन पुगेको र १९ पालिकाको कार्यालय मात्र सडक सञ्जालसँग जोडिन बाँकी रहेको सचिव शर्माले बताउनुभयो । ६ दशमलव ८ किलोमिटर लम्बाइ भएको उक्त सडक खण्ड रु एक अर्ब १३ करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो । रासस