२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको छ: उपप्रधानमन्त्री सिंह

व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको छ: उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

चितवन। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको बताउनुभएको छ ।

पुलचोक–गोन्द्राङ् ६ लेन सडकको आज यहाँ उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले पछिल्ला वर्षमा धेरै काम भएको तर जनताको अपेक्षाअनुसार काम गर्न भने समय लाग्ने बताउनुभयो । आफ्नै लगानीमा काम गर्न सकिन्छ भन्ने बलियो उदाहारण यो सडकले दिएको उहाँको भनाइ थियो ।

अब सडक बनाउने अनी भत्काउने गर्न हुँदैन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम गर्नुपर्छ । सङ्घीयताको भावना भनेकै सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने हो”, उहाँले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले यसरी नै पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो । उहाँले यो सडक सरकारकै लगानीमा बन्दै गरेको बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सडक निर्माणका क्रममा एकैपटक सबै पूर्वाधार रहने गरी गृहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता परियोजना बनाउँदा धेरै बाधा व्यवधान आउने भन्दै सबै मिलेर निर्माणका काम गर्नुपर्ने बताउनुभयो । यो बागमती प्रदेशकै नमूना सडक भएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पहल कदमी महानगरले लिएकाले यो सडक निर्माण सम्पन्न हुँदै गर्दा सबैभन्दा खुसी आफू र महानगरवासी भएको बताउनुभयो । सडक निर्माणका लागि महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर आग्रह गरेपछि काम भएको उहाँले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हालसम्म देशभर एक लाख पाँच हजारभन्दा बढी किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । विसं २०६२÷६३ मा ६५ हजार किलोमिटर सडक कालोपत्र भएकामा २०४७ साल अघि २५ हजार किलोमिटर मात्र सडक कालोपत्र भएको उहाँले जानकारी दिनुभयो ।

देशका ७७ जिल्लाका सदरमुकाममा यातायातका साधन पुगेको र १९ पालिकाको कार्यालय मात्र सडक सञ्जालसँग जोडिन बाँकी रहेको सचिव शर्माले बताउनुभयो । ६ दशमलव ८ किलोमिटर लम्बाइ भएको उक्त सडक खण्ड रु एक अर्ब १३ करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो । रासस