२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन



अ+ अ-

कास्की। पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौँलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो । प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौँले रु पाँच लाख र ट्रफी पुरस्कार पायो ।

फाइनल खेलमा जितका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा ‘नटआउट’ रहँदै टोलीलाई जित दिलाए । वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे भने नारायणले १० बलमा एक छक्का प्रहार गरे । किरण ठगुना ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए ।

काठमाडौँका लागि दीपेन्द्र रावतले तीन विकेट लिँदा मनोज यादव र सूर्य तामाङले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ ओभरको चौथो बलमा अलआउट हुँदै एक सय ८२ रन बनाएको थियो । अर्जुन घर्ती ६८ रनको उत्कृष्ट पारी खेल्दै ‘क्याचआउट’ हुन पुुगे ।

पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्दै आउट भए । शिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन–तीन विकेट लिएभने विपीन खत्री र मिलन बोहोराले दुई–दुई विकेट हात पारे । प्रतियोगितामा काठमाडौँका दीपेन्द्र रावत ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै रु ३० हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान रु २० हजार पाए । प्रतियोगिताका विजेता खेलाडीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले पुरस्कार वितरण गर्नुभयो ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टिमको सहभागिता थियो । प्रतियोगितामा बागमती प्रदेशबाट चार र अन्य प्रदेशबाट दुई–दुईवटा टोलीको सहभागिता थियो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले एकेडेमीका संस्थापक रहनुभएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा गत वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघिको पहिलो संस्करणको उपाधि मधेस प्रदेशले जितेको थियो । रासस