११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारदाता र ट्रेड युनियन महासंघबीच सहमति



अ+ अ-

रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच लक डाउन अवधिमा श्रमिकहरुको तलब भुक्तानीका बारेमा सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल नेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेढ युनियन महासंघहरुबीच लक डाउन अवधिको तलब भुक्तानीका विषयमा सहमति भएको हो । 

रोगजारदाता परिषदका सभापति तथा नेपाल उद्योग वााण्ज्यि महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार लकडाउनको समयमा चैत महिनाको पुरै तलब दिने तथा बैशाख महिनाको लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ । यस्तै जेठ महिनाको हकमा लकडाउनका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ ।

संयुक्त ट्रेड समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कुनै पनि श्रमिकलाई लक डाउनको बाहानामा कामबाट ननिकाल्ने र पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझादारी भएको बताउनुभयो । काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको उहाँले बताउनुभयो ।

यसैगरी लकडाउनको अवधिमा बन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ । उद्योग व्यवसायको प्रकृति र अवस्थ अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लक डाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरुले पनि आपसी छलफल गरी सहमति गर्ने समझदारी भएको छ ।