२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो, सीमा क्षेत्रका बासिन्दा त्रसित



file
अ+ अ-

बारा। रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका वडा नं। १०, मटिअर्वा टोलका रामायाण पडितले बताउनुभयो ।

यसरी भारतबाट आउनेहरु बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भागमा पर्ने खुला सीमाबाट नेपाल प्रवेश गर्छन् । दिउँसो कम देखिए पनि राति धेरै सङ्ख्यामा ओहोरदोहोर गर्ने गरेको सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने, चुपचाप बस्ने र उद्योग कारखानामा काम गर्ने बताइएको छ । यो क्रम बढ्दै गएपछि अहिले पथलैया–वीरगञ्ज औद्योगिक कोरिडोर कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले बताउनुभयो । अवैध रुपमा भारतबाट नेपाल कामदार भित्र्याउने काममा उद्योगी व्यवसायी पनि लागेको स्थानीयहरु बताउँछन् ।

पर्सामा ३४ जनामा सङ्क्रमित
वीरगञ्ज समाचारदाताका अनुसार पर्सा जिल्लामा ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले २७४ जनाको स्वाब परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । नयाँ फेला परेका सङ्क्रमितहरुमा नेपाली सेनाका एक जना, नेपाल प्रहरीका तीन जना, वीरगञ्ज कारागारका कैदीबन्दी छ जना, वीरगञ्ज कारागारकै कर्मचारी दुई जना र स्वास्थ्यकर्मी एक जना छन् । यसैगरी, पाँच जना बालबालिका र १० जना महिलामा पनि सङ्क्रमण फेला परेको छ । नयाँ फेला परेको सबै सर्वसाधारण वीरगञ्ज महानगरपालिकाका हुन् ।

पर्सामा एक जनाको मृत्यु
गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज ५ रेशमकोठीका ६८ वर्षीय सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको गण्डक अस्थायी कोभिड विशेष अस्पतालका कोर्डिनेटर डा। उदयनारायण सिंहले पुष्टि गर्नुभयो ।

उपचारका क्रममा मृत्यु भएका सङ्क्रमित मुटुरोगी रहेको र पछिल्लो पाँच दिनदेखि गण्डक अस्थायी कोभिड विशेष अस्पतालको आईसीयूमा भर्ना हुनुभएको थियो । नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालको आईसीयूमा उपचाररत अझै चार जनाको अवस्था गम्भीर रहेको उपचारमा खटिएका चिकित्सक डा. निरजकुमार सिंहले बताउनुभयो ।

पर्साका हालसम्म सङ्क्रमितको सख्या ३०७ पुगेको र ६१ जनाको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचार भइरहेको छ । पर्सामा हालसम्म एक भारतीय सहित सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

नेपाली सेना र शिक्षक पनि सङ्क्रमित
महोत्तरी समाचारदाताका अनुसार स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकल पर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लोपटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमण पाइएको जानकारी दिनुभयो ।

सङ्क्रमितहरुमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका १० जना नेपाली सेना, दुई शिक्षक, एक जना सर्वसाधारण रहेका छन् । योसहित अहिलेसम्म महोत्तरी जिल्लामा ८५९ जनामा कोरोना पोजेटिभ देखिएका छ ।

तीन जना कर्मचारी सङ्क्रमित
जनकपुर समाचारदाताका अनुसार प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय झाका अनुसार मन्त्रालयका स्टोर किपर, सवारी चालक र कार्यालय सहयोगीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका २२ जना कर्मचारीको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो । तीमध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको उपनिर्देशक झाले जानकारी दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।