१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

उत्तर कोरियाद्वारा एक हप्तामा दोस्रो पटक शङ्कास्पद ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा एक हप्तामा दोस्रो पटक शङ्कास्पद ब्यालेस्टिक मिसाइल प्रहार
अ अ+ अ-

हाइपरसोनिक हतियार भएको परीक्षण गरेको एक साताभन्दा कम समयमा उत्तर कोरियाले मङ्गलबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र दक्षिण कोरियाले बताएका छन् । 

“हाम्रो सेनाले आज बिहान ७ः२७ मा उत्तर कोरियाले जमिनबाट पूर्वी सागरमा प्रहार गरेको संदिग्ध ब्यालिस्टिक मिसाइल पत्ता लगाएको छ”, सियोलका संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा भने।

प्रक्षेपणलाई जापानको तटरक्षकले पनि रिपोर्ट गरेको थियो । जापानले उत्तर कोरियाले “ब्यालिस्टिक मिसाइल जस्तो वस्तु’ प्रहार गरेको बताएको थियो।

उक्त प्रक्षेप्याल जापानको विशेष आर्थिक क्षेत्रबाहिर अवतरण भएको देखिएको क्योडो समाचार एजेन्सीले टोकियोका सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ।

“उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरिरहनु अत्यन्तै खेदजनक छ”। जापानी प्रधानमन्त्री फुमियो किशिदाले पत्रकारहरूलाई भन्नुभयो।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले एक आपतकालीन बैठक गर्दै परीक्षणका लागि ‘कडा खेद’ व्यक्त गरेको राष्ट्रपतिको ब्लू हाउसले बताएको छ ।

पछिल्लो प्रक्षेपण संयुक्त राज्य अमेरिका र जापानलगायत छ देशले आणविक हतियारयुक्त उत्तर कोरियालाई गत हप्ताको परीक्षणका बारेमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको बन्द सत्रअघि ‘अस्थिर कार्यहरू’ अन्त्य गर्न आग्रह गरेपछि आएको हो। फ्रान्स, आयरल्याण्ड, बेलायत र अल्बानियाले पनि सो आग्रहसहितको विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

“यी कार्यले गलत अनुमान र वृद्धिको जोखिम बढाउँछ तथा क्षेत्रीय स्थायित्वका लागि महत्त्वपूर्ण खतरा निम्त्याउँछ”, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले सोमबार विज्ञप्ति जारी गर्दै भन्नुभयो, “उत्तर कोरियाले यी सैन्य लगानीहरू उत्तर कोरियाली जनताको कल्याणको खर्चमा गर्नुपर्छ ।”

सन् २०१९ मा उत्तर कोरियाली नेता किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता भङ्ग भएपछि आणविक निशस्त्रीकरण वार्ता रोकिएको छ ।

राजदूत थोमस–ग्रीनफिल्डले उत्तर कोरियालाई वार्तामा फर्कन र आफ्नो मिसाइल र आणविक हतियार त्याग्न आग्रह गर्नुभयो। “हाम्रो लक्ष्य कोरियाली प्रायद्वीपको पूर्ण, प्रमाणित र अपरिवर्तनीय निशस्त्रीकरण हो”, उहाँले भन्नुभयो ।

प्योङयाङलाई संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका ब्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले गत बिहीबार हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको र उक्त हतियारले लक्ष्यमा सफलतापूर्वक प्रहार गरेको बताएको थियो।

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तरको सेनालाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । सो मुलुकले अघिल्लो सेप्टेम्बरमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको थियो।

ठाडो ट्र्याजेक्टोरीहरूमा फर्कनु अघि ब्यालिस्टिक मिसाइलहरू विपरीत बाहिरी अन्तरिक्षमा उड्छन् तर हाइपरसोनिक हतियारहरू कम उचाइमा लक्ष्यहरू तर्फ उड्छन् र ध्वनिको पाँच गुणाभन्दा बढी गति हासिल गर्न सक्छन् अर्थात करिब छ हजार २०० किलोमिटर प्रति घण्टा यिनीहरुको वेग हुन्छ । 

उत्तर कोरियाले अमेरिका र अन्य देशहरूले ‘शत्रुतापूर्ण’ व्यवहार अन्त्य गरेपछि पुनः वार्ता सुरु हुन सक्ने बताएको छ । एजेन्सी