१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सन् २०२१ पाँचौँ सबैभन्दा तातो वर्ष

सन् २०२१ पाँचौँ सबैभन्दा तातो वर्ष
अ अ+ अ-

वायुमण्डलमा कार्बनडाइअक्साइड र मिथेनका स्तर नयाँ स्तरमा पुगेसँगै सन् २०२१ विश्वको रेकर्डमा पाँचौँ सबैभन्दा तातो वर्ष भएको युरोपेली सङ्घका वैज्ञानिकहरुले बताएका छन् ।

युरोपेली सङ्घको कोपरनिकस क्लाइमेन्ट चेन्ज (सीएस३) सर्भिसले सोमबार एक रिपार्टमा सन् १८५० यता पछिल्ला सात वर्षहरु स्पष्ट अन्तरसहित विश्वको सबैभन्दा ताता वर्षहरु भएको जनाएको छ । सीएस३ का अनुसार सन् २०२१ मा विश्वको औसत तापमान १.१ डिग्री सेल्सियसदेखि १.२ डिग्री सेल्सियस पुगेको छ जुन सनु १८५० देखि सन् १९०० को स्तरभन्दा माथि हो । 

रेकर्डमा सबैभन्दा तातो वर्ष सन् २०२० र सन् २०१६ थिए। सन् २०१५ पेरिस सम्झौताअन्तर्गतका देशहरू विश्वव्यापी तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न प्रयास गर्न प्रतिबद्ध छन् । वैज्ञानिकहरूले सो स्तरको तापमानबाट यसको नराम्रो प्रभावबाट बच्न सकिने बताएका छन् । त्यसका लागि २०३० सम्ममा उत्सर्जन लगभग आधा गर्न आवश्यक छ ।

हरितगृह ग्यास उत्सर्जनले ग्रहको जलवायु परिवर्तन गर्दा दीर्घकालीन तापक्रमको प्रवृत्ति जारी रहन्छ। जलवायु परिवर्तनले युरोप, चीन र दक्षिण सुडानमा आएको बाढीदेखि लिएर साइबेरिया र संयुक्त राज्य अमेरिकाको जङ्गलमा लागेको डढेलोसम्म २०२१ मा विश्वमा हुने धेरै चरम मौसमी घटनाहरूलाई बढायो।

“युरोपमा सबैभन्दा गर्मी, भूमध्य सागरमा तातो लहर र उत्तर अमेरिकामा अभूतपूर्व उच्च तामक्रमका साथ सन् २०२१ चरम तातो वर्ष थियो”, सीएस३ का निर्देशक कार्लो बुअन्टेम्पोले भने, “यी घटनाहरूले हाम्रा तरिकाहरू परिवर्तन गर्न, दिगो समाजतर्फ निर्णायक र प्रभावकारी कदमहरू चाल्न र शुद्ध कार्बन उत्सर्जन घटाउने दिशामा काम गर्ने आवश्यकतालाई स्मरण गराउँछन ।”

मुख्य हरितगृह ग्यासहरू कार्बनडाइअक्साइड र मिथेनको विश्वव्यापी स्तर बढ्ने क्रम जारी छ र दुवै २०२१ मा उच्च रेकर्डसहित माथि पुगेका छन्। वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर सन् २०२१ मा प्रति दश लाख ४१४.३ भाग पुगेको छ । वैज्ञानिकहरुका अनुसार यो सन् २०२० को तुलनामा लगभग २.४ पीपीपीएमले बढी हो ।

सीएस३ ले विशेषगरी शक्तिशाली हरितगृह ग्यास मिथेनको स्तर विगत दुई वर्षमा बढेको बताएको छ तर यसको कारणहरू पूर्णरूपमा बुझ्न सकिएको छैन। मिथेन उत्सर्जन तेल र ग्यास उत्पादन तथा खेतीदेखि लिएर सिमसार क्षेत्र जस्ता प्राकृतिक स्रोतहरूमा हुन्छ।

कोभिड–१९ महामारीको शुरुआतमा २०२० मा अस्थायी गिरावट आएपछि अस्थायी तथ्याङ्कले सन् २०२१ मा विश्वव्यापी कार्बनडाइअक्साइड उत्सर्जन ४.९ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

गत नोभेम्बरमा ग्लासगो जलवायु सम्झौतामा संयुक्त राष्ट्रसङ्घका सदस्यहरूले पूर्व–औद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियसमा विश्व तापमान रोक्न चाहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

यद्यपि जलवायु विज्ञहरूले यो सम्झौताले विशेषगरी कमजोर राष्ट्रहरूलाई विश्व तापमानको प्रभावबाट जोगाउन मद्दत गर्न पर्याप्त नभएको बताएका छन् । एजेन्सी