५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते



अ+ अ-

एजेन्सी । यमनको राजधानी सानाको पश्चिमी इलाकामा गरिएको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अन्य १३ जना घाइते भएको हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

बानी मतार जिल्लामा रहेको सिरेमिक कारखानालाई लक्षित गरी गरिएको आक्रमणमा स्थानीय बासिन्दा र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हवाई आक्रमण अघि र पछि सानाभर लडाकु विमानहरूको गर्जन सुनिएको बताइएको छ ।

हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी युद्धक विमानहरूले उत्तरी प्रान्त मारिब र अल–जौफमा दुई थप आक्रमण गरेका छन् । पछिल्लो हवाई आक्रमणले उत्तरी यमनमा दिनभर अमेरिकी हवाई आक्रमणको कुल संख्या २५ पुगेको उल्लेख गरिएको छ ।

उत्तरी यमनको विशाल क्षेत्रहरू नियन्त्रण गर्ने हुथीहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूसँग ऐक्यवद्धता देखाउन नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरूमा आक्रमण गरिरहेका छन् । यमनमा आधारित मिलिशियाले इजरायलले गाजामा जारी युद्ध समाप्त गरे र आवश्यक खाना र औषधिलाई पट्टीमा प्रवेश गर्न दिएमा कारबाही बन्द गर्ने दाबी गरेको छ ।