६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै



अ+ अ-

जनकपुर । जनकपुरधामसहित तराईरमधेसमा आज जुडशीतल पर्व मनाइँदैछ ।

विक्रम संवत अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने गरिन्छ । वैशाख सङ्क्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, व्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन वैशाख २ गते घरपरिवारका ज्येष्ठजनले सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । मधेस प्रदेश सभा सदस्य रामआशिष यादव मधेस प्रदेश र मिथिला क्षेत्रमा जुडशितल पर्वको पौराणिक महत्व रहेको बताउनुहुन्छ । जुडशितल पर्व मानव सभ्यताको प्रतिकको रुपमा रहेको बताउनु भयो । पानी, माटो र संस्कृतिकलाई कसरी बचाउने भन्ने सन्देश जुड शितल पर्वले दिने गरेको बताउनु भयो । परिवारको ज्येष्ठ सदस्यले परिवारको कनिष्ठ सदस्यलाई चिसो पानी शिरमा छर्किएर आशिर्वाद लिने चलन रहेको बताउनु भयो । जुडशितल पर्व मनाउने कुरा कम हुँदै गएको जिकिर गर्नुभयो ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ ।