२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत शिक्षकसँग कांग्रेसका दुई महामन्त्रीको छलफल



अ+ अ-

काठमाडौं । १४ दिनदेखि सडक केन्द्रित आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकहरुसँग आज नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् ।

शिक्षकका माग पुरा गर्नेबारे सरकारले कुनै औपचारिक निर्णय नगरेका बेला कांग्रेसका महामन्त्रीहरु थापा र शर्माले छलफल गरेका हुन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको भेटघाटमा शिक्षकहरुले राखेका बारेका बारेमा छलफल भएको बताइएको छ ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका पेशागत हकहितको माग गर्दै काठमाडौंमा सडक केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

शिक्षकहरुको आन्दोलनका कारण वैशाख १ गतेबाट सुरु भएको नयाँ शैक्षिक सत्र अन्योलमा परेको छ । यसैगरी विद्यार्थी भर्ना अभियान पनि प्रभावित भएको छ । शिक्षकहरुले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण गरेका छैनन् । वैशाख ११ गते सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनमा पनि आफूहरु सहभागी नहुने घोषणा उनीहरुले गरेका छन् ।

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमतिका लागि वार्तासमेत हुन सकेको छैन ।