१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

लता मङ्गेशकरलाई कोरोना सङ्क्रमण

लता मङ्गेशकरलाई कोरोना सङ्क्रमण
अ अ+ अ-

बलिउडकी दिग्गज गायिका लता मङ्गेशकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सङ्क्रमित भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । लतालाई हल्का लक्षण देखिए पनि उनको स्वास्थ्य भने ठीक रहेको परिवारले बताएको छ ।

उनको स्वास्थ्य राम्रो रहे पनि उमेरका हिसाबले सावधानी अपनाउन उनलाई आईसीयूमा राखिएको छ । उनको उपचार भइरहेको छ । लताकी भदैनी रचनाले पनि उनको स्वास्थ्यका बारेमा समाचार एएनआईलाई जानकारी दिँदै उनको गोपनीयताको ख्याल गर्न र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्न अपील गरिन्। उनले भनिन, “कृपया हाम्रो गोपनीयताको सम्मान गर्नुहोस् र दिदीलाई प्रार्थनामा राख्नुहोस्।”

जानकारीअनुसार ९२ वर्षीय गायिकालाई सन् २०१९ को नोभेम्बर महिनामा सास फेर्न समस्या भएको थियो । त्यतिबेला पनि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । तर स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । त्यो बेला पनि भारत कोभिडसँग लडिरहेको थियो।

लता मङ्गेशकरले गत वर्ष सेप्टेम्बरमा आफ्नो ९२ औँ जन्मदिन मनाएकी थिइन् । उनको सुस्वास्थ्य र दीर्घायुको कामना सबैतिरबाट भएको थियो । लता सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । त्यहाँ उनी प्रायः आफ्ना फ्यानहरूका लागि पुराना तस्विर र रोचक किस्साहरू सेयर गर्ने गर्छिन्। उनले पद्मभूषण, पद्मविभूषण, दादासाहेब फाल्के र राष्ट्रिय चलचित्र पुरस्कार जितिसकेकी छन् ।

अहिले भारतमा पुनः कोरोना भाइरस फैलिएको छ । कोरोनाको तेस्रो लहरले धेरै कलाकारलाई समाइसकेको छ । ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान, जोन अब्राहम, प्रेम चोपडा, नोरा फतेही, एकता कपूर, दृष्टि धामीलगायत धेरै चर्चित सेलिब्रेटी कोरोना सङ्क्रमित भएका छन् ।