काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयले विमानस्थलमा हवाई यात्रुको आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताका कारण अति जरुरीबाहेक स्वागत तथा बिदाईका लागि अनावश्यक भिडभाड नगरिदिन अनुरोध गरेको छ ।
कार्यालयले कोभिड–१९का विभिन्न भेरिएन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा फैलिएको र यसको प्रभाव नेपालमा पनि देखिइरहेकाले नयाँ भेरिएन्टको सङ्क्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन विमानस्थलमा आएर भिडभाड नगर्न अनुरोध गरेको हो ।












