२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा कर्फ्यु जारी, सर्वदलीय बैठक बस्दै



अ+ अ-

वीरगन्ज । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु जारी छ । छपकैयामा हिजो भएको दुई समुदायबीच भएको झडपका कारण प्रशासनले लगाएको कफ्र्यु आज पनि जारी राखेको हो ।

कर्फ्यु लगाएको अवस्थामा समेत प्रदर्शन भएको थियो । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । अवस्था अनियन्त्रित बनेपछि राति सेना समेत परिचालन गरियो । आज बिहानदेखि भने अवस्था सामान्य बनेको छ ।

दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सर्वदलीय बैठक डाकेका छन् ।

झडपमा प्रहरीसहित ४३ जना घाइते भएका थिए । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

झडपको स्थिति नियन्त्रणमा लिन करिब ८ सय प्रहरी परिचालन गरिएको थियो । प्रहरीले करिब ७५ सेल अश्रुग्यास हाने तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जारी गरेको आदेश अनुसार आज मध्यान्हसम्म कफ्र्यु रहनेछ । कफ्र्युका कारण पसलहरू बन्द छ । बजार सुनसान देखिएको छ ।

हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट मुस्लिम समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ । समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।

फोटो- रासस