११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुन अप्रेशन’: सुराकी दिने उमेश श्रेष्ठ पक्राउ



अ+ अ-

काठमाडौं । साढे १४ केजी चाँदी र आधाकिलो सुन भनिएको सुन प्रकरणमा सुराकी उमेश श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । मंगलबार श्रेष्ठले दिएको सुराकीका आधारमा डिएसपी रन्जन दाहाल नेतृत्वको टोलीले गरेको ‘सुन अप्रेशन’ विवादित भएको छ । 

उमेशले सिआरभी (कम्प्याक रिक्रेशनल भेहिकल) चालक प्रहरी जवान बहादुर सिंह कठायतलाई पहिलो सुराक दिएका थिए । उमेशको सुचना कठायले दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत प्रशन्न श्रेष्ठलसँग सेयर गरेपछि सुन अप्रेशन गरिएको थियो ।

सुराकी श्रेष्ठलाई महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा राखेर सार्वजनिक हितविरुद्धको अपराध मुद्धा चलाइएको छ ।