८ भाद्र २०८३, सोमबार
,
Latest
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा गैरआवासीय विदेशीलाई प्रवेश प्रतिबन्ध विस्तार



अ+ अ-

टोक्यो । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जापानले गैरआवासीय विदेशीलाई प्रवेशमा लगाइएको प्रतिबन्ध फेब्रुअरीको अन्त्यसम्म लम्ब्याउने निर्णय गरेको छ।

जापान टुडेका अनुसार जापानका प्रधानमन्त्री फुमियो किशिदाले मङ्गलबार कडा सीमा उपायहरू विस्तार गर्ने कदमको घोषणा गर्नुभएको छ ।

“ओमिक्रोनसम्बन्धी सङ्क्रमणको अवस्था विदेशभन्दा घरमा स्पष्ट रूपमा फरक छ, त्यसैले फ्रेमवर्क (हालको सीमा नियन्त्रण) फेब्रुअरीको अन्त्यसम्म कायम रहनेछ”, प्रधामन्त्री किशिदाले पत्रकारसँग भन्नुभयो । 

जापानमा कोरोना भाइरसको अत्यधिक सङ्क्रामक संस्करण ओमिक्रोनको मामिला पुष्टि भएपछि गत नोभेम्बर ३० देखि यस्तो प्रतिबन्ध लगाएको हो । 

किशिदाले हालै फुजी टिभी कार्यक्रममा सरकारले सोमबार समाप्त भएको तीन दिनको सप्ताहन्तपछि हालको सीमा नियन्त्रणलाई जारी राख्ने कि नगर्ने निर्णय गर्ने बताउनुभएको थियो ।

नोभेम्बरको अन्तमा हालको कडा सीमा प्रतिबन्ध लागु गरेपछि प्रधानमन्त्री किशिदाले प्रतिबन्ध जनवरीको शुरुमा विस्तारित हुने बताउनुभएको थियो ।

गैरआवासीय विदेशीहरुको जापान प्रवेशमा रोक लगाउँदै र जपान फर्कने आफ्ना नागरिकलाई सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा राख्ने जनाउँदै सुरुमा करिब एक महिनाका लागि प्रतिबन्ध लगाइएको थियो ।  

नयाँ व्यवस्थाअनुसार जापानमा आउने सङ्ख्या दैनिक तीन हजार ५०० मा सीमित गरेको छ । जापानले पनि १४ दिनभित्र दक्षिण अफ्रिकालगायत ११ राष्ट्रमा गएका विदेशी बासिन्दाहरूलाई देशमा पुनः प्रवेशमा प्रतिबन्ध लगाएको छ ।