११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थपिए २ सय २४ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । सरकारले शुक्रबार पीसीआर विधिबाट १० हजार ७ सय ६८ नमुना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका  अनुसार २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका छिर्ने विभिन्न नाकाहरुमा समेत परीक्षण गरिएको छ । साँगा फर्पिङ र थानकोट गरी १० हजार २ सय ५ जनाको संकलन गरी परीक्षण गरिएको छ । अहिलेसम्म ३ हजार ७ सय १३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

अहिले देशभरीका आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय २२, प्रदेश नम्बर २ मा २ हजार ३४, बागमती प्रदेशमा ५ सय ७२ र गण्डकी प्रदेशमा ३ सय २४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा  ३ सय ८५, कर्णाली प्रदेशमा २ सय ९६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना उपचाररत रहेका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

शुक्रबार १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ८ सय ३१, प्रदेश नम्बर २ मा ३ हजार १ सय १, बागमती प्रदेशमा ५ सय २६ र गण्डकी प्रदेशमा १ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरीका क्वारेन्टिनमा १२ हजार १ सय ११ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ७ सय ३१, बागमती प्रदेशमा ९ सय १६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ४ सय ९४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना रहेका छन् ।