११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 27.88

Wind: 2.06

Humidity: 26

Latest
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म टहरा भत्काएर सडक विस्तार पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिकामा दाहालले सासंदलाई यस्तो दिए निर्देशन बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन आज लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै माओवादी केन्द्रको संसदीय दलको बैठक जारी एमालेले आज काठमाडौंमा युवा महोत्सव गर्दै, एक लाख सहभागी हुने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकप्रियतावादका नाममा भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद नाममा हाल भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकप्रियताको आवरणमा समाजलाई पछाडि धकेल्ने उद्देश्य रहेकाले यस्ता क्रियाकलापबारे सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

हाल राजावादीका नाममा गर्न खोजिएका गतिविधिलाई मुलुक अँध्यारोतिर लैजाने कोसिसका रूपमा चित्रण गर्दै महासचिव पोखरेलले ती कोसिस सफल हुन नसकेको बताउनुभयो । उहाँले मुलुकलाई सामाजिक अराजकताबाट सामान्य अवस्थामा फर्काउन सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

नीतिगत रूपमा सरकारको स्थायित्वमा चुनौती रहेको भन्दै महासचिव पोखरेलले एउटा नीति र एउटा योजनामा लगातार काम गर्न पाउँदा मात्र मुलुकले छिटो प्रगति गर्ने बताउनुभयो । अस्थिरताका कारणले देश बन्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश बनाउने हो भने अब मुलुकको राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति हुनुपर्दछ ।

अब बलियो राष्ट्रिय शक्तिले मुलुकको शासन गर्नुपर्दछ ।” महासचिव पोखरेलले त्यही मान्यताका साथ हाल जनताले मन पराएका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिलेर सरकार सञ्चालन भइरहेको बताउनुभयो ।

आधुनिक प्रविधि र ज्ञानका माध्यमबाट अपाङ्गता क्षेत्रलाई जोड्न जरुरी रहेको भन्दै उहाँले राज्यले वैकल्पिक सीपलाई समेट्न नीति ल्याइरहेको र अब बन्ने शिक्षा ऐनमा त्यसलाई समेटिने बताउनुभयो ।  सङ्गठनका अध्यक्ष मित्रलाल शर्माले पार्टीले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।रासस