२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

पूर्वराजा शाहद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण (फोटो फिचर)

पूर्वराजा शाहद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण (फोटो फिचर)
अ अ+ अ-

काठमाडौ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गर्नुभयो ।

पृथ्वी जयन्तीको अवसरमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ । सो अवसरमा काठमाडौंमा भने साँस्कृतिक झाँकीसमेतको ¥याली प्रदर्शन गरिएको छ । -यालीमा उपस्थित भएकाहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका छन ।

उनीहरु आफूहरु नेपाली हुनुको कारण पृथ्वीनारायण शाह भएको र त्यसमा गर्वबोध हुने गरेको बताउँछन् । आफू नेपाली हो भन्नेहरुका लागि आजको दिनको ठूलो औचित्य रहेको उनीहरुको भनाई छ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले गरेको त्याग मेटेर नमेटिने तर्क समेत ¥यालीमा सहभागीहरुले गरेका छन ।  

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालमा २००७ सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया शुरु गर्नुभएको  थियो । पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाल्नु भएको थियो । पृथ्वीनारायण शाहले शुरू गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म बिस्तार भएको थियो ।