१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नारायणहिटी दरबार सङ्ग्रहालय प्रकरण : भेषनारायण दाहालले दिए राजीनामा

नारायणहिटी दरबार सङ्ग्रहालय प्रकरण : भेषनारायण दाहालले दिए राजीनामा
अ अ+ अ-

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गामा रेस्टुरेन्ट बनाउन बतास समूहलाई ठेक्का दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित छानबिन समितिले सोमबार कार्यकारी निर्देशक दाहाललाई कारवाही गर्न सिफारिस गरेको थियो ।

समितिले कारवाही सिफारिस गरेलगत्तै आजै उनले मन्त्रालयसमक्ष राजीनामा दिएको बताइएको छ । यसअघि उनले प्रचलित कानूनविपरीत विभिन्न सुविधा उपभोग गर्दै आएका थिए । साथै उनले पदीय दुरुपयोग पनि गरेका थिए । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन आदेश, २०७६ को दफा ६ को उपदफा (७) को देहाय (ज) मा साठी वर्ष पूरा भएपछि कार्यकारी निर्देशकको पद रिक्त हुने व्यवस्था रहेकामा निज दाहालकै लागि सरकारले संशोधन गरेर ६५ वर्ष पुर्याएको थियो । कानून मन्त्रालय र अर्थ मन्त्रालयले शुरुमा समिति गठन गर्न नहुने अडान राखे पनि निजको पहुंचको आधारमा अघिल्लो सरकारले निजको जागिरका गठन गरेको समितिलाई सहमति दिएका थिए ।

त्यस्तै सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ११ मा पेन्सन वा पारिश्रमिकमध्ये एउटा मात्र पाउने भन्ने स्पष्ट व्यवस्था रहेकामा निजले पेन्सन तथा तलवभत्ता दुवै बुझिरहेका थिए। नारायणहिटीमा संरचना बनाउँदा पुरातत्व विभागको स्वीकृति लिनु पर्नेमा आफू नै महानिर्देशक भएको भन्दै पेलेर निर्णय गरेका थिए । दाहाल तिनै व्यक्ति हुन् जसले अवकासपश्चात सरकारी साधन फिर्ता नगरी चढिरहेका थिए । सञ्चारमाध्यममा समाचार आएपछि मात्र उनले सवारी साधन फिर्ता गरेका थिए । उनले सङ्ग्रहालयको ठेक्कालाई टुक्रा पारी आफूखुशी दिएका थिए भने सजिलोका लागि आफू अनुकूल लेखाको कर्मचारी सरुवा गरी ल्याएका थिए ।