१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

विभागलाई पूर्णता दिँदै देउवा

विभागलाई पूर्णता दिँदै देउवा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको असन्तुष्टिका बीच २० वटा विभागलाई पूर्णता दिने गृहकार्य थालेका छन् । विभाग संयोजकहरूसँग बिहीबार भएको छलफललगत्तै देउवाले विभागलाई पूर्णता दिने गृहकार्य अघि बढाएका हुन्  ।

उनले शुक्रबार बिहान आफ्नो पक्षका पदाधिकारी र केही सदस्यलाई निवासमा बोलाएरै विभागमा राखिने सदस्यहरूको नामावली उपलब्ध गराउन भनेका छन् ।

देउवाले नामावली छनोटका लागि प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुंगाना, वाग्मती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी सावदलाई जिम्मेवारी तोकेका छन् । उनीहरूले ‘संस्थापन पक्षको हितमा’ महाधिवेशनका अन्य तयारी गर्ने जिम्मेवारीसमेत पाएका छन् ।

पौडेल पक्षले विभाग गठन तथा सदस्यहरूको मनोनयन गर्ने प्रक्रिया तत्काल बन्द गर्न र यसअघिको नियुक्ति खारेज गर्न माग राख्दै बिहीबार देउवालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो । सिटौला समूहले पनि सार्वजनिक रूपमा विभाग र पार्टीका निकायमा भइरहेका मनोनयनको विरोध गर्दै आएको छ ।

देउवाले विभागको गठन र सदस्य मनोनयनको प्रक्रिया नरोकिने जवाफ दिएपछि पौडेल पक्षले बिहीबार पत्रकार सम्मेलनमार्फत केन्द्रीय विभाग र पार्टी निकायमा भइरहेका गठन तथा मनोनयन महाधिवेशनको आचारसंहिता र पार्टीको विधानविपरीत भएको भन्दै यसलाई मुद्दा बनाएर तल्लो तहसम्म लैजाने बताएको थियो । त्यसै दिन संस्थापन पक्षले विभाग प्रमुखहरूसँग अन्तर्क्रिया गर्दै कसरी विभागलाई प्रभावकारी बनाउने भन्ने विषयमा सुझाव लिएको थियो । ‘गृहकार्य अघि बढाउनुभएको छ, तीनरचार दिनमै विभागले पूर्णता पाउँछ,’ संस्थापनपक्षीय नेता एनपी सावदले भने । उनले इतरपक्षका लागि ४० प्रतिशत संख्या छाडेर सदस्य मनोनयन हुने बताए ।

विधानअनुसार एउटा विभागमा संयोजकसहित ५१ जना सदस्य राख्न मिल्छ । ईश्वरी न्यौपाने संयोजक रहेको महिला विभागले ४० प्रतिशतभन्दा बढी ३८ सदस्य मनोनयन गरिसकेको छ । विधानमा २८ विभागको व्यवस्था भए पनि केन्द्रीय कार्यसमितिले गत पुस ११ गते बहुमतबाट त्यसलाई बढाएर ४७ विभाग बनाउने निर्णय गरेको थियो । पौडेल पक्षलाई मिलाउने भन्दै देउवाले २७ विभागमा संयोजक खाली राखेका छन् । ‘पौडेल पक्षलाई केही समय कुर्ने, नआए सबै विभाग गठन गरी पूर्णता दिने देउवाको भित्री तयारीसमेत छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।

९ भ्रातृ संस्थाको म्याद थप

कांग्रेसले कार्यसमितिको पदावधि सकिएका भ्रातृ संस्थाहरूको म्याद ६ महिना थपेको छ । तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको म्याद थपिएको हो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।