२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादको बाटोमा अघि बढ्न चीन सरकारले नेपालको सहयोग गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको बताउनु भयो ।

विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको अध्यक्ष दाहालको दाबी छ । नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन नसकेको बताउनु भयो । नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन सकेको छैन । चीनले नेपालको सीमा नजिक रेल मार्ग बिस्तार गरिसकेको छ । त्यसलाई नेपालसँग जोड्ने प्रयास भइरहेको बुझिन्छ । यसलाई नेपालका विभिन्न क्षेत्रसँग जोड्ने कुरामा पनि सकारात्मक छलफल भइरहेको बुझिन्छ । यो परियोजना छिटै व्यवहारमा ल्याउन दुवै देशले कार्ययोजना बनाउनेमा नेपाली जनता ढुक्क छ । यि सकारात्मक पक्षहरु हुन् । जुन नेपालको विकासमा सहयोगी सिद्ध हुनेछन् । दुई देशको मित्रता र सहयोगी सम्बन्धलाई थप मजबुत बनाउने कुरामा विश्वास गर्न सकिन्छ । नेपाल र चीनबीच सहयोगका धेरै क्षेत्रहरु छन् । जुन अध्ययन र अन्वेषण गरी जतिसक्दो छिटो कार्यान्वयन गर्न ध्यान दिन जरुरी छ । चीनको समृद्धिबाट लाभ उठाउने जिम्मेवारी हामी नेपालीहरुको हो । चीन पनि नेपालको समृद्धिप्रति जिम्मेवार रहेको मैले बुझेको छु । नेपालको समृद्धिका लागि चीन गम्भीर छ । यसलाई व्यवहारमा परिणत गर्न जरुरी छ । आपसी तालमेल र सहयोगात्मक रुपमा विकास कार्यहरु अघि बढाउन नेपाल र चीन दुवै देशका लागि आवश्यक छ । यो दुवै देशको हितमा छ । आशा छ भविष्यमा दुवै देशले अझ बढी महशुस हुनेगरी संयुक्त रुपमा व्यवहारमा उतार्न सफल हुनेछन् ।

हामी नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्दछ । नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएका छौँ । यसै क्रममा केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको छ । विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको छ । अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैन ।’

अध्यक्ष दाहालले नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।