काठमाडौँ। गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ ।
प्रसाईंको फेसबुक पेजमा केहीबेर अघि स्टाटस राख्दै उक्त जानकारी गराइएको हो ।
‘अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामिले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टि भए २४ घण्टाभित्र उपस्थित हुन्छौ,भनेका थियौ र आज उपस्थित भयौ !(दुर्गा प्रसाई)जय देश जय रास्टवाद !!’ उनको सचिवालयले भनेको छ ।










