२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

नारायणहिटी प्रकरण: निर्देशक दाहालको राजीनामा स्वीकृत

नारायणहिटी प्रकरण:  निर्देशक दाहालको राजीनामा स्वीकृत
अ अ+ अ-

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनु भएको राजीनामा स्वीकृत भएको छ । दाहालले आज मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उहाँको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिब महेश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनु भएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ, ।”

यो पनि पढ्नुहोस – नारायणहिटी दरबार सङ्ग्रहालय प्रकरण : भेषनारायण दाहालले दिए राजीनामा

कार्यकारी निर्देशक दाहाललाइ नारायणहिटी दरबार सङ्ग्राहलयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतीमा केही कमी कमजोरी गरेको आरोप लागेको छ । नारायणहिटी दरबार सङ्ग्राहलयमा आफुले सहि मनसायले काम गरेको र बिभिन्न सञ्चार माध्यममा गलत तथा दुस्प्रचार गरिएको र नेपाल सरकारले नारायणहिटी दरबार सङ्ग्राहलयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतीमा छानबिन समिति समेत गठन गरेकाले उक्त समितिलाई सहयोग पुगोस भन्ने उदेश्यले नैतिकताका आधारमा उक्त पदमा रहेर मैले काम गर्न उचित नभएकाले राजीनामा पेस गरेको भनी कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

दरबार सङ्ग्राहलयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतीमा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा क्यान्टिन÷क्याफेटेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरिएको छ । यसैगरी सम्झौता विपरीत बि म्यानेजमेन्ट प्रालिले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकले कुनै कानुनी कारबाही नगरेको पनि प्रतिवेदनमा भनिएको छ ।

आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृती नलिई र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरु निर्माण भएको देखिएको । दोस्रो पक्षको रुपमा रहेको वि.म्यानेजमेन्ट प्रालिले अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिइ नयाँ संरचनाहरु निर्माण गरेको देखिएकोले निर्माण कार्य तत्काल रोकी सम्वन्धित निकायबाट आवश्यक कारवाही हुनुपर्ने देखिएको उल्लेख गरिएको छ । बतास समूहले नारायणहिटी सङ्ग्राहलयमा मनपरि तरीकाबाट संरचना निर्माण गरेको आरोप लागेको छ ।