१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नारायणहिटी प्रकरण: निर्देशक दाहालको राजीनामा स्वीकृत

नारायणहिटी प्रकरण:  निर्देशक दाहालको राजीनामा स्वीकृत
अ अ+ अ-

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनु भएको राजीनामा स्वीकृत भएको छ । दाहालले आज मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उहाँको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिब महेश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनु भएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ, ।”

यो पनि पढ्नुहोस – नारायणहिटी दरबार सङ्ग्रहालय प्रकरण : भेषनारायण दाहालले दिए राजीनामा

कार्यकारी निर्देशक दाहाललाइ नारायणहिटी दरबार सङ्ग्राहलयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतीमा केही कमी कमजोरी गरेको आरोप लागेको छ । नारायणहिटी दरबार सङ्ग्राहलयमा आफुले सहि मनसायले काम गरेको र बिभिन्न सञ्चार माध्यममा गलत तथा दुस्प्रचार गरिएको र नेपाल सरकारले नारायणहिटी दरबार सङ्ग्राहलयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतीमा छानबिन समिति समेत गठन गरेकाले उक्त समितिलाई सहयोग पुगोस भन्ने उदेश्यले नैतिकताका आधारमा उक्त पदमा रहेर मैले काम गर्न उचित नभएकाले राजीनामा पेस गरेको भनी कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

दरबार सङ्ग्राहलयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतीमा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा क्यान्टिन÷क्याफेटेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरिएको छ । यसैगरी सम्झौता विपरीत बि म्यानेजमेन्ट प्रालिले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकले कुनै कानुनी कारबाही नगरेको पनि प्रतिवेदनमा भनिएको छ ।

आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृती नलिई र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरु निर्माण भएको देखिएको । दोस्रो पक्षको रुपमा रहेको वि.म्यानेजमेन्ट प्रालिले अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिइ नयाँ संरचनाहरु निर्माण गरेको देखिएकोले निर्माण कार्य तत्काल रोकी सम्वन्धित निकायबाट आवश्यक कारवाही हुनुपर्ने देखिएको उल्लेख गरिएको छ । बतास समूहले नारायणहिटी सङ्ग्राहलयमा मनपरि तरीकाबाट संरचना निर्माण गरेको आरोप लागेको छ ।