२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टेस्टमा न्यूजील्यान्डद्वारा बंगलादेश पराजित



अ+ अ-

न्यूजील्यान्डले बंगलादेश विरुद्धको दोस्रो टेस्ट क्रिकेट एक इनिङ र ११७ रनले पराजित गरेको छ ।

फलोअनमा परेको बंगलादेशले दोस्रो इनिङमा २७८ रन बनाएको थियो । यसअघि पहिलो इनिङमा बंगलादेशले १२६ रन मात्र बनाएको थियो ।

बंगलादेशको दोस्रो इनिङ ध्वस्त पार्ने क्रममा काइली जेमिसनले ४, निल वाग्नरले ३ तथा ड्यारिल मिचेल, टिम साउदी र रस टेलरले समान एकएक विकेट लिएका थिए ।

यद्यपी बंगलादेशका लिटोन दासले दोस्रो इनिङमा संघर्षपूूर्ण १०२ रन बनाएका थिए ।

न्यूजील्यान्डले पहिलो इनिङमा ५२१ रनको विशाल स्कोर खडा गरेको थियो ।

यो जितसँगै न्यूजील्यान्ड र बंगलादेशबीचको खेल १¬ १ को बराबरीमा टुंगिएको छ ।