२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफको सजिलो ई-लोन सेवा सुरु



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले ई–लोन सेवा सुरु गरेको छ । इन्स्योरेन्सका अध्यक्ष डा. रामहरी अर्यालले ई–लोन सेवाको सुभारम्भ गर्नुभयो ।

घरबाटै बीमित (पोलिसी होल्डर) ले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको इन्स्योरेन्सले जनाएको छ । यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजार देखि एक लाख रुपैयाँसम्म ई–लोन को लागि आवेदन दिन सक्नेछन ।

बीमितले कम्पनीको वेबसाइट मार्फत ऋण आबेदन चौबिसै घण्टा आफुरहेको स्थानबाटै दिन सक्नेछन भने कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन । यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनको लागि बीमितको केवाईस प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पुरा भइसकेको हुनुपर्ने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आईएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको बताउदै डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउदै लैजाने प्रयासको निरन्तरता भएको बताए ।

आवेदन दिने, बीमितको केवाईसी प्रमाणीकरण गर्ने प्रकृया र आबेदन फारम कम्पनीको आधिकारिक वेबसाइट वा आईएमई मोबाइल एपमा प्राप्त गर्न सकिने छ ।