२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछामको जयगढ बजारमा भीषण आगलागी, कयौं घर नष्ट



फोटो : सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । अछामको जयगढ बजारमा ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा आजसाँझ एक पसलदेखि आगलागी सुरु भएको हो ।

जयगढको पुरानो बजारको धेरै घरहरु जलेर नष्ट भएका छन् । आगलागी अझै नियन्त्रणमा आएको छैन । बजारको मुख्य केन्द्रमा आगो फैलिएकाले स्थानीयमा बढी त्रास पैदा भएको छ । मंगलसेन नगरपालिकाको दमकल आगलागी भएको ठाउँमा आइपुगे पनि आगो निभाउन सकेको छैन ।

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगो नियन्त्रण नभइसकेको अछाम प्रहरीले जनाएको छ । बजार जाने बाटो साँघुरो भएकाले दमकलले पनि आगो नियन्त्रणमा ल्याउन सकेको छैन । नियन्त्रणका लागि सबै प्रयासहरु भने जारी छ ।

बजारभित्रका करिब ८ घर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । एक घण्टा बढी समयसम्म आगलागी नियन्त्रण नभएपछि स्थानीय तहसँग आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउद र उनको परिवारमाथि आक्रमण गरेका छन् ।