२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङदेनको आरोप: प्रहरी प्रमुख थापा युवा संघको सहअध्यक्ष रहेछन्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेकनो भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाउनुभएको छ ।

मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गर्नुभयो । उहाँले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाउनु भयो । अनि दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस रु उहाँको प्रश्न थियो ।

उहाँले भन्नुभयो, ‘त्यो दिन (चैत १५ मा) जसरि राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई जनाको ज्यान गयो । कयौं घाइते भए । त्यसको कुनै हिसाव छैन । भौतिक क्षतिको समेत कुनै हिसाव छैन । तर त्यसको मुलमा अहिलेको राज्यसत्ता, अहिलेका प्रधानमन्त्री, अहिलेका गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छन् । गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ । प्रहरीले हानेको अश्रुग्याँसको एक्सपाइरी डेट, २००८,२०१०,२०१२ छ । त्यो गुर्दा प्रसाईंले हानेको अश्रुग्याँस हो रु अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक भन्छ–हामीले हानेको अश्रुग्याँस कसरि डेट एक्सपाइर हुनसक्छ । प्रहरी प्रहरी नै भएर बस्नुपर्छ कुनै राजनीतिक दलको भातृ संगठन भएर होइन ।’

उहाँले देश गणतन्त्रवादीहरुको मात्र नभई राजा आउनुपर्छ भन्नेहरुको समेत भएको कारण अफवाह फैलाउने काम नगर्न सञ्चार गृहहरुलाई आग्रह गर्नुभयो ।