१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

लिपुलेकमा भारतले सडक बनाएको प्रति एमालेको आपत्ती: सरकारको मौनता सन्देहास्पद

लिपुलेकमा भारतले सडक बनाएको प्रति एमालेको आपत्ती: सरकारको मौनता  सन्देहास्पद
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले नेपाली भूभाग लिपुलेकक्षेत्रमा  भारतले सडक निर्माण गरेर  कुटनीतिक मर्यादाविपरित काम गरेको जनाएको छ । एमालेले आज एक विज्ञप्ती जारी गर्दै ‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तीव्रता दिएको भन्दै आपत्ति जनाएको हो ।

एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभाग रहेको भन्दै बलमिच्याइ नगर्न भारतसँग आग्रह गरेको छ । एमालले एमालेले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा पनि वर्तमान सरकारको मौनता सन्देहास्पद रहेको भन्दै सरकारको मौनताले अनेकौं प्रश्न जन्माएको बताएको छ । बिज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ। ’

बिज्ञप्तिमा गत: वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको भन्दै ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कुटनीतिक पहल सुरु गरेको उल्लेख गरिएएको छ ।  एमालले  नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुयाउने यस्ता गतिविधि तत्काल बन्द गर्न  माग गरेको छ ।

एमालले सडकलगायत संरचना तत्काल रोक्न आग्रह गर्दै  वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्ने सुझाब दिएको छ । एमालेले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा पनि वर्तमान सरकारको मौनता सन्देहास्पद रहेको भन्दै सरकारको मौनताले अनेकौं प्रश्न जन्माएको बताएको छ । ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।