१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सन्दर्भ पृथ्वीजयन्तीः  ‘छ्वालीकला’ मा राष्ट्रनिर्माता

सन्दर्भ पृथ्वीजयन्तीः  ‘छ्वालीकला’ मा राष्ट्रनिर्माता
अ अ+ अ-

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज परेको ३००औँ जन्मजयन्तीका अवसरमा एक जना कलाकारले छ्वालीमार्फत उहाँको योगदानलाई स्मरण गराउनुभएको छ ।  

बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्य नेपाल बनाउन सफल पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणका नायकका रुपमा बुझ्ने गरिएको छ । त्यसैले राजधानीमा उहाँको योगदानलाई स्मरण गर्दै तीनदिने कार्यक्रम गरिरहेका बेला काठमाडौँको कागेश्वरी–मनहरा नगरपालिका–४ डाँछीका कलाकार ४० वर्षीय प्रकाश विकले छ्वालीको नौलो प्रयोग गररे उहाँको योगदानलाई क्यान्भासमा सजाउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को अरनिको हलमा त्यही कलाकृतिले दर्शकको ध्यान खिच्च । हामीले जहाँतहीँ देख्ने गरेको पृथ्वीनारायण शाहको चोरऔँला ठड्याएको सिर्जना यहाँ छ । उक्त चित्र क्यान्भासमा रङले होइन गाउँघरमा पाइने छ्वालीले सजिएको छ । गाउँघरमा गहुँ निकालेपछि प्राप्त हुने नललाई छ्वाली भनिन्छ । त्यो हरियो छँदा गाई बस्तुलाई खुवाउन घाँसको रुपमा प्रयोग हुन्छ भने सुकेपछि छ्वाली बन्छ । कलाकार विकले त्यही छ्वाली ९गहुँको नल० लाई विभिन्न रङ र आकार दिएर राष्ट्रनिर्माताको पूर्णकदको चित्र बनाई राष्ट्रिय एकताको सन्देश दिनुभएको छ । 

एक्रेलिक रङमा छ्वालीको फ्युजन गरेका कलाकार विकले कलामार्फत पृथ्वीनारायण शाहको हुन्, उनले गरेका योगदान केके छ भनेर प्रष्ट्याउन खोज्नुभएको छ । “मेरो विधा नै त्यही भएकाले छ्वालीबाट राष्ट्र निर्मातालाई प्रस्तुत गरेको हुँ”, विकले रासससँग भन्नुभयो । उहाँका अनुसार अन्य रङबाट जति प्रस्तुत गर्न सकिन्छ, छ्वालीबाट पनि त्यति नै गर्न सकिन्छ, त्यही अभ्यास यहाँ देख्न पाइन्छ । कलाकार विक परम्परागत कलालाई पनि छ्वाली टालेर हुबहु उतार्नुहुन्छ । उहाँ दैनिक क्रियाकलाप (समसामयिक), सम्पदा, संस्कृति, आर्किटेक्चर सबैमा छ्वाली खेलाउनुहुन्छ । आवश्यक पर्दा रङको संयोजन गरेर थप आकर्षक तुल्याउनुहुन्छ ।

नेपालमा छ्वाली खेलाउने कलाकार धेरै छन् तर यसैलाई व्यावसायिकरुपमा प्रयोग गर्ने कलाकार निकै कम रहेको उहाँले बताउनुभयो । मसिनो, गोलो आकारदेखि कालो, पहँेलो, रातो, बैजनीलगायत थरीथरीका रङ र आकारमा छ्वालीलाई उपयोग गर्न निपूर्ण विक छ्वालीबाटै फरकफरक टोन र बुट्टा भर्न सक्नुहुन्छ । “पृथ्वीनारायण शाहको चित्रमा देखिएको ओठको हल्का रातो बैजनी रङ देखाउँदै विकले भन्नुभयो, “त्यो कुनै तयारी रङ होइन, छ्वालीको वास्तविक रङ हो ।” पृथ्वीनारायण शाहको शिरमा रहेको श्रीपेच, शरीरका कपडा, कम्बरको खुकुरी, पेटी, हातको खड्ग पनि छ्वाली टाँसेरै बनाइएको छ । उहाँ कुनै बेला आगोले पोलेर वैजनी तथा कालो रङ निकाल्नु हुन्छ । त्यसले सिर्जनालाई जीवन्तता प्रदान गरेको हुन्छ । 

कलाकार विकका अनुसार गहुँ र यसको छ्वाली मानिसको जीवनयापनसँग जोडिएको वस्तु हो । गाँस, बास र कपासका लागि प्रयोग हुन्छ । मानिसले घर छाउन छ्वालीको प्रयोग गर्दै आएका छन् । विपन्न परिवारको घरको छानो नै छ्वालीको हुन्छ । सुनौलो रङको छ्वाली छिट्टै नबिग्रिने हुँदा घर छाउन प्रयोग गरिएको हो । गहुँ महत्वपूर्ण खाद्य वाली हो । यसको नल गाईबस्तुका लागि घाँसको रुपमा प्रयोग हुन्छ, त्यही नै सुकपछि छ्वाली बन्ने हो । 

विगत दुई दशकदेखि छ्वाली कलामा रमाउँदै आउनुभएका विकलाई चिनियाँ कलाकारले यसप्रति आकर्षित गराएको हो । विगतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एउटा अन्तर्राष्ट्रिय प्रदर्शनी भएको थियो । चिनियाँ कलाकारले छ्वालीबाट आकर्षक कलाकृति सिर्जना गरेको देखेपछि उहाँलाई तान्यो । निम्न वर्गीय कलाकारलाई रङ, ब्रस, कुची खेलाउन महँगो पर्न जाने हुँदा उहाँले आफ्नो जीवनसँग पनि जोड्नुभयो ।

“कतिपय अवस्थामा तयारी सामान प्रयोग गर्न नसक्ने हुनसक्छ, त्यसैले गाउँघरमा नियमित उत्पादन हुने चिज हो छ्वाली”, सुरुआती क्षण सम्झँदै उहाँले भन्नुभयो, “मेरो आफ्नो अवस्थालाई शुट गर्छ, खर्चलगायत विभिन्न समस्या नआओस्, नियमित कला प्रस्तुत गर्न सकुँ भनेर छ्वाली रोजेको हुँ ।” उहाँले त्यसलाई कुनै पनि प्रकारको गम प्रयोग गरेर क्यान्भासमा टाँसेर कला सिर्जना गर्नुहुन्छ । यसपटकको चित्रको पृष्ठभूमिमा एक्रेलिक रङलाई छ्वालीसँग संयोजन (फ्युजन) गराएर राष्ट्र निर्मातालाई देखाउनुभएको छ । 

उहाँका अनुसार छ्वाली कलाको माग बजारमा राम्रो छ । कलाकोस्तर अनुसार मूल्य पनि छ । यसको अन्तर्राष्ट्रिय माग पनि छ । उहाँले प्रश्न गर्दै भन्नुभयो, “नेपालमा चीनबाट चित्रहरु आइरहेको छ भने नेपालमै उत्पादन गर्न किन सकिँदैन, नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा किन लैजान सक्दैन रु” कलाकार विकले अमेरिका, जापान, अष्ट्रेलियामा आफ्नो छ्वाली कला पुगेकोसमेत जानकारी दिनुभयो । 

उहाँका छ्वाली कलाले राष्ट्रिय प्रदर्शनीमा कुनै न कुनै अवार्ड पाइरहेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानबाटै उहाँले प्रथमसहित विभिन्न तीन पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।  यसपालि ३००औँ पृथ्वीजयन्तीको अवसरमा प्रतिष्ठानमा प्रदर्षित उहाँको सिर्जनाका साथमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको राष्ट्रिय एकताको सन्देश दिने गरी पृथ्वीनारायण शाहको चित्र छ । उहाँले चलनचल्तीमा रहेका रङको माध्यमबाट पृथ्वीनारायण शाहले समुदायलाई एक हुन आह्वान गरिरहेको चित्र उन्नुभएको छ । 

यहाँ जारी प्रदर्शनीमा विभिन्न १३४ कलाकारका सिर्जना छन् । त्यसमध्ये सिमित मात्रै पृथ्वीनारायण शाह, उहाँको एकीकरण अभियान र राष्ट्रिय एकताको सन्देश दिने कलाकृति छन् । अन्यमा समसामयिक, मूर्त, अमूर्त, मिथिला कला तथा सम्पदा र संस्कृतिसम्बन्धी कलाकृति छन् ।