२ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ घुँगी खोज्न गएकाको डुबेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा तरुलको व्यापार बढ्यो



अ+ अ-

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । 

काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भईरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताएका छन । उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताउनु भयो । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको साहको भनाई छ ।

यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँ सम्ममा विक्री भईरहेको व्यापारी ईश्वर ढकालले बताएका छन । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढि भएको उनको भनाई छ ।

व्यापारीहरुका अनुसार यस वर्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढि भित्रिएको छ । ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन । ललितपुरकी मुना थापाले सस्तोमा पाईने भएकाले तरुल खरिद गर्न आफू कालिमाटी तरकारी बजारमै आएको बताइन ।

अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल पनि खाने हाम्रो प्रचलन रहि आएको छ । पोषणविद्हरुका अनुसार तरुलले हाम्रो सरिरलाई बलियो बनाउने पोषण दिने गर्दछ ।