११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २० जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६ महिला र १४ पुरुष रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

थपिएका संक्रमितमा अछामका ४ जना, कैलालीका ९ जना,  कञ्चनपुरका २ जना रहेका छन् ।  त्यसैगरी कञ्चनपुरकै  थप ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

हालसम्म सो अस्पतालमा १७ हजार ६९६ जनाको कोरोना परीक्षण भएकोमा १६ हजार २३५ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।