५ असार २०८३, शुक्रबार
,
Latest
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २० जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६ महिला र १४ पुरुष रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

थपिएका संक्रमितमा अछामका ४ जना, कैलालीका ९ जना,  कञ्चनपुरका २ जना रहेका छन् ।  त्यसैगरी कञ्चनपुरकै  थप ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

हालसम्म सो अस्पतालमा १७ हजार ६९६ जनाको कोरोना परीक्षण भएकोमा १६ हजार २३५ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।