११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमवार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । सोमबार नेपालमा ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड—१९) का संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएका ७ हजार ६ सय ३७ पीसीआर परीक्षणमा परीक्षणमा ४ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

सोमबारसम्म ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म १४ हजार ९ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन ।

सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा  १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।