११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिड हमला गर्ने विरूद्ध कडा कानुन ल्याउन पीडितकाे माग



अ+ अ-

काठमाडाैंः तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानून बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानून बनाउन माग गरेका हुन् । उनीहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन् ।

कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको र अरुको जीवन बर्बाद पार्नेगरी आक्रमण गर्नेहरुलाई सामान्य दण्ड सजायले नपुग्ने भन्दै कडा कानून बनाउन माग गरेका हुन् । एसिड आक्रमणबाट पीडित हुनुभएकी जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताउनुभयो ।

कमजोर कानून देख्दा आफुलाई अदालत जान समेत मन नलागेको उल्लेख गर्दै सामान्य कानूनबाट न्याय नपाएकाले आक्रमण गर्नेहरुलाई पनि एसिडको बदला एसिडबाटै कारबाही गर्र्ने व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो ‘कानून पढ्दा दुईवटा कानून के थियो भने एक त ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय त्योपनि अनुहार नै कुरुप भएको छ भने अरु सरिरको कुनै अर्थ नै छैन् । मेरो त हातभरी छ घाँटीभरी छ अनुहार त मेरो बचेको छ त्यो मेरो लक्किले बचेको हो । जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो । अदालतमा के छ भने अरु बाँकी पार्टको तीन वर्ष देखि ५ वर्ष सम्मको र अनुहार नै कुरुप भएको छ भने ५ वर्षदेखि ८ वर्ष सम्मको छ ।

क्षतिपूर्ति पनि एक लाख देखि ५ लाख सम्मको भन्ने छ । क्षतिपूर्ति चहिदैन किन भने त्यो क्षतिपूर्तिले हुनेवाला केही छैन् । एसिड आक्रमण हुन्छ सरकारले पुरै जिम्मा लिओस उसको स्वास्थ्यको उपचार गर्ने पुरै जिम्मा लिओस । अनि कानूनमा, हजुरहरुलाई सायद सुन्दा बदलाको भावना हुन्छ तर एसिडको बदला एसिड नै भयो भने एक जना पनि महिला कसैमाथि पनि आक्रमण हुँदैन ।

एसिड आक्रमणबाट पीडित हुनुभएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गर्नुभयो । ८ वर्ष सम्म कैद सजाय हुने भएपनि दिन रात गणना गर्दा चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको बताउनुभयो ।

उहाँले भननुभयो ‘अपराधीलाई जन्म कैद हुनप¥यो । किनकी कानूनमा ५ वर्ष देखि ८ वर्ष सम्म सजाय छ । रात दिन गिन्ति गरेर आठ वर्ष सजाय भयो भने चार वर्ष मै निस्किन्छ र तिनिहरुले पीडा के हो भनेको बुझ्दै बुझ्दैन । हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ । त्यसैले म भन्न चाहन्छु की अपराधिलाई जन्म कैद नै हुनुपर्छ ।’

एसिड आक्रमणबाट पीडित हुनुभएकी संगीता मगरले सजाय कम हुँदा प्रतिसोध लिने काम बढेको बताउनुभयो । उहाँले अरुको जीवन बर्बाद गरेपछि पनि आठ दश वर्ष मात्रै कैद सजाय भोगेर बाहिरिन पाइन्छ भने एसीड प्रहार किन नगर्ने भन्ने सोच आएकाले घटनाहर घटिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मैले त्यसको जिन्दगि बर्बाद गर्नु थियो मैले गरिसके मलाई कति नै सजाय हुन्छ । धेरै भए आठ वर्ष दश वर्ष के नै हुन्छ र मेरो जीन्दगी ? म आठ दश वर्षमा बुढो त हुँदिन, सायद त्यो पछि पनि मेरो जिन्दगी छ, म केही गर्छु त्यसको जिन्दगी त मैले डामाडोल गरेर मेरो इच्छा पुरा भयो ।

मेरो जिन्दगी अझै बाँकी छ भन्ने सोचको कारणले गर्दापनि अपराधीहरुको झन मनोबल बढ्छ की । कानून हाम्रो देशमा छैन ।’

मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरुप हुनेगरी आक्रमण गर्नेहरुलाई ५ देखि ८ वर्ष सम्मको कैद र एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा पीडा पु¥याएमा तीन वर्ष देखि ५ वर्ष सम्म कैद र पचास हजार रुपैयाँ देखि तीन लाख रुपैयाँ सम्म जरिबाना गर्ने व्यवस्था रहेको छ ।