१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

चीन तर्फका सीमा स्तम्भ पहिचान

चीन तर्फका सीमा स्तम्भ पहिचान
अ अ+ अ-

सिमकोट। उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ ।

सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो ।

गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो । चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उहाँले बताउनुभयो ।

नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताउनुभयो । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको पठार क्षेत्र भएका कारण सीमा सुरक्षा चौकीलाई स्तम्भ पहिचान गर्न निकै कठिन भए पनि त्यसमा सफलता मिलेको उहाँले बताउनुभयो । पत्ता नलागेको एउटाबाहेक अन्य सबै सीमा स्तम्भको अवस्था मिश्रित रहेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टले बताउनुभयो । केही पिल्लर ढलेका र केहीको अवस्था राम्रो छ । पिल्लर ढले पनि सीमामा कतै तलमाथि भएको छैन । हुम्लामा पर्ने सबै सीमा स्तम्भको अवस्थाबारे कार्ययोजना निर्माण गर्न सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज तथा सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको टोली लागेको छ ।

प्रजिअ गिरीले दुई महिनाभित्र टोलीले कार्ययोजना तयार गरिसक्ने र त्यसपछि सीमा स्तम्भबारे के गर्ने भन्ने निर्णय हुने बताउनुभयो । सुरक्षा टोलीले पश्चिमको दार्चुला तर्फको क्षेत्र किटसम्म र पूर्वको लिमीतर्फ दैनिक गस्ती गरिरहेको छ । पश्चिम क्षेत्रतर्फ नेपाली भूभागमा जान चीनको बाटो प्रयोग गर्नुपर्ने र नाका प्रयोग बन्द भएका कारण हुम्ला खण्डका केही क्षेत्रमा भने गस्ती टोली जान सकेको छैन ।

अब चाँडै प्रजिअ गिरी नेतृत्वको टोली हिल्सा र चीन सँगको सीमामा रहेको लाप्चा क्षेत्रमा जाने तयारीमा छ । चालू आर्थिक वर्षको सरकारी कार्यक्रममा चीन सँगको अर्को सीमा लाप्चामा बीओपी स्थापना गर्ने तयारी छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।