६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ। विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो। ‘अहिलेको अवस्था हेर्दा सरकारले केही न केही त उपाय अपनाउनै पर्ने भएको छ’, एक मन्त्रीले भने, ‘मंगलबार विज्ञहरूको सुझाव लिऔं। अनि, सरकारले के गर्ने भन्नेमा निर्णय गर्छ।’

साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ। बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ। भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ। यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि भीडभाड व्यवस्थापनदेखि लकडाउनसम्म जान सुझाव आइरहेको सम्बन्धित मन्त्रीहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा निजी सवारी साधनमा पुनः जोरबिजोर प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेको छ।

स्वास्थ्यको उक्त प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा विचाराधीन छ। यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने हुन्छ। लकडाउन अन्त्यसँगै सरकारले २६ असारदेखि जोरबिजोर प्रणाली हटाएको थियो। सरकारले काठमाडौं प्रवेशमा पनि कडाइ गर्न थालेको छ। राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ। नाकामै कोभिड परीक्षण थालिएको छ।

हवाई सेवा र लामो दूरीका यातायात साधन भदौ १ देखि सञ्चालनमा ल्याउने तयारी छ। तर पछिल्ला दिनमा संक्रमितको संख्या र मृत्युदर बढेपछि यातायात सञ्चालनको मोडालिटीबारे सरकारी संयन्त्र अलमलमा छन्। कोभिडबाट संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।