१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एसिडपीडितलाई निशुल्क उपचारको समेत व्यवस्था छैन, उपचारमै सकिन्छ परिवारको जायजेथा

एसिडपीडितलाई निशुल्क उपचारको समेत व्यवस्था छैन, उपचारमै सकिन्छ परिवारको जायजेथा
अ अ+ अ-

काठमाडौं । नवलपरासी कावासोती–८ का यमनारायण परियारलाई एसिड आक्रमणमा परेकी पत्नीको उपचार गर्दागर्दै नौ लाख ऋण लागेको छ । ८ असोज ०७५ मा उनकी पत्नी वसन्तीमाथि एसिड प्रहार भएको थियो । पत्नीको उपचारका लागि उनी एक वर्ष काठमाडौं बसे । ‘तीन महिना त अस्पतालमै बित्यो,’ उनी भन्छन्, ‘उनको उपचार गर्न अलि–अलि भएको जग्गा धितो राखेर नौ लाख ऋण लिएँ ।’

विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गर्दा पनि उपचार खर्च नपुगेपछि यमनारायणले गण्डकी प्रदेश सरकार पनि गुहारे । तर, प्रदेश सरकारले एसिडपीडितलाई उपचार खर्च दिन नमिल्ने भन्दै पन्छायो ।

उनीहरूका दुई सन्तान छन् । पहिले विदेश गएर कमाउँथे । पत्नीको रेखदेख गर्नुपर्ने भएकाले अहिले विदेश पनि जान सक्दैनन् । भएको जग्गा धितो राखेका उनलाई बैंक र सहकारीले ऋण चुक्ता गर्न ताकेता गरिरहेका छन् । ऋण चुक्ता नगरे जग्गा लिलामी गर्ने धम्की आइरहेको छ । ‘छोराछोरी सानै छन् । बैंकले ऋण नतिरे जग्गा लिन्छौँ भनेको छ । ऋण तिर्न सकिनँ भने त भोकै मर्छौँ,’ उनी भन्छन् ।

सावाँ त टाढाको कुरा ब्याजसमेत भुक्तानी गर्न सकेका छैनन्, उनले । चार महिनायताको ब्याज मात्र ३० हजारभन्दा बढी पुगेको थियो । उनले सात हजार मात्र तिर्न सके । ‘ब्याज पनि समयमा तिर्न नसक्दा जरिवाना लगाउँछन्,’ उनी भन्छन्, ‘यही ऋणले डुबाउँछ मेरो परिवारलाई ।’

सबै जायजेथा सकिँदै गर्दा उनकी पत्नी वसन्तीको उपचार सकिएको छैन । ‘आँखा, कान र कपालको उपचार अझै बाँकी छ । जलेर बाहिर निस्केको मासुको अप्रेसन गर्नुपर्छ भनेका छन् डाक्टरले,’ यमनारायण भन्छन् ।

एसिड आक्रमणकारीविरुद्ध दायर मुद्दा छिनोफानो भएको छैन । मुद्दा छिनोफानो भए क्षतिपूर्ति पाउने आस छ उनलाई । अन्य एसिडपीडितलाई सरकारले सहयोग गरे पनि आफूहरूलाई भने सहायता नदिएकामा चित्त दुःखाउँदै उनी भन्छन्, ‘गरिबलाई कसैले सहयोग नगर्ने रहेछ ।’

लामो समयदेखि एसिडपीडितलाई सहयोग गर्दै आएका अभियन्ता उज्ज्वलविक्रम थापाका अनुसार राजनीतिक पहुँच र सोर्सफोर्सका आधारमा मात्र सरकारले राहत दिने गरेको छ । ‘ठूलै सोर्सफोर्स लगाए मात्र राहत पाउँछन् । नत्र दाताकै भरमा उपचार गराउनुको विकल्प हुँदैन । दाता पनि भनेको समयमा भेटिँदैनन्,’ उनी भन्छन् ।

छैन सरकारको सहयोग

८ साउन राति काठमाडौं सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भयो । त्यही राति उनलाई अस्पताल लिएर गइन्, दिदी सुनिता थापाले । अस्पताल पुर्‍याउँदा–पुर्‍याउँदै १० हजार रुपैयाँ धरौटी मागियो । तर, सुनितासँग मात्र एक हजार थियो । उनले हारगुहार गरेर बहिनीलाई अस्पताल भर्ना गराइन् ।

हाल कीर्तिपुर अस्पतालमा पवित्राको उपचार चलिरहेको छ । त्यससँगै उनको परिवार आर्थिक संकटमा परेको छ । उपचारमा हालसम्म ६० हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो । ‘यही पैसा पनि बल्लतल्ल जुटाएका हौँ,’ सुनिता भन्छिन् । चिकित्सकहरूले पवित्रालाई अझै एक महिना अस्पताल राख्नुपर्ने बताएका छन् । ‘बहिनीको भविष्य के हुने हो रु’ सुनिता चिन्तित हुँदै भन्छिन्, ‘खर्च जुटाउन सकिएन भने उपचारै नहोला भन्ने डर छ ।’

यस्तै, २७ फागुन ०७६ मा बालाजुमा नुवाकोट विदुर–१३ का रामराजा थापामाथि उनकै पत्नीले सुतिरहेको अवस्थामा एसिड खन्याइन् । एसिडले उनको टाउको, अनुहार सबै जल्यो । ६ महिनायता उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । हालसम्म आठ लाख रुपैयाँ खर्च भइसक्यो । ‘पहिलो चरणको मात्र उपचार भयो,’ उनी भन्छन्, ‘अब आँखा र कान खोल्नै बाँकी छ । अरू मासुको पनि अप्रेसन बाँकी छ ।’

घटनाअघिसम्म माइक्रोबस चलाएर परिवार पाल्दै आएका थिए । उनको उपचारमा दाइले दाता गुहार्दै खर्च जुटाइरहेका छन् । ‘सबै उपचार मागेरै भइरहेको छ,’ उनी भन्छन् । अभियन्ता उज्ज्वलविक्रम थापाका अनुसार एसिडपीडितको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । धेरै दबाब दिएपछि बल्लतल्ल १–२ लाख रुपैयाँ सरकारले दिन्छ ।

भविष्यको चिन्ता

त्यति धेरै उपचार खर्च जुटाउने तनाव त छँदै छ, अनिश्चित भविष्यप्रति चिन्तित छन्, उनीहरू । पवित्राकी दिदी सुनिता भन्छिन्, ‘बहिनीको बिहे भएको छैन । एसिडले अनुहार बिगार्‍यो, अब कसरी जीवन चलाउँछे भन्ने पिर छ रु’ यस्तै चिन्ता रामराजाको पनि छ । भन्छन्, ‘पहिले माइक्रो चलाउँथेँ । अब कसले जागिर दिन्छ मलाई रु दाइभाउजूले सधैँ पाल्न त सक्दैनन् १’

यही चिन्ता सोमबार संसद्को महिला तथा सामाजिक समिति बैठकमा एसिडपीडितहरू जेनी खड्का, मुस्कान खातुन र संगीता थापामगरले पनि व्यक्त गरे । खातुनले आफूलाई आर्थिक समस्याले निकै सताइरहेको बताइन् । चिकित्सकले उनलाई दैनिक पाँचपटक लगाउनु भनेको औषधि खर्च अभावमा एकपटक मात्र लगाइरहेकी छन् । साताको दुईपटक अस्पताल जानैपर्छ । चिकित्सकले उनलाई अनुहारको शल्यक्रिया गर्नुपर्छ भनेका छन् । ‘तर, कसरी उपचार गर्ने रु कसले सहयोग गर्छ रु’ उनले भनिन्, ‘हाम्रो उपचार सरकारले गरिदिनुपर्छ । जागिर र पढ्ने व्यवस्था पनि सरकारले नै मिलाइदिनुपर्छ ।’

पीडित जेनी खड्काले पनि सबै उपचार खर्च सरकारले बेहोरिदिनुपर्ने बताइन् । भनिन्, ‘क्षतिपूर्ति पनि एक लाखदेखि पाँच लाखसम्म छ । त्यो पनि चाहिँदैन । त्यसले हुनेवाला केही छैन । एसिड आक्रमण भयो भने त्यसको उपचारको जिम्मेवारी सरकारले लिइदियोस् ।’ श्रीमान्ले एसिड प्रहार गरेयता ठूलो आर्थिक समस्यामा फसेको उनले बताइन् । डिस्चार्ज हुने वेलामा उपचार खर्च तिर्न नसकेर उनले १५ दिन अस्पतालमै बस्नुपरेको थियो ।

एसिड आक्रमण रोक्न कानुन नै कडा बनाउनुपर्ने उनले औँल्याइन् । भनिन्, ‘आफूलाई कति सजाय हुन्छ भन्ने आक्रमणकारीलाई थाहा हुनुपर्छ ।’ कानुन कमजोर भएकै कारण एसिड आक्रमणका घटना बढिरहेको पीडित संगीता थापामगरले बताइन् । ‘आफूलाई खासै सजाय हुँदैन भन्ने सोच अपराधीमा देखिन्छ, त्यसैले त्यस्ता व्यक्तिको मनोबल बढिरहेको छ,’ उनले भनिन् ।, समाचार नयाँ पत्रिका दैनकमा प्रकाशित छ ।