१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोना परीक्षण अब ९० मिनेटमै

कोरोना परीक्षण अब ९० मिनेटमै
अ अ+ अ-

लन्डन । बेलायतले आगामी सातादेखि कोरोना भाइरस ९कोभिड–१९० वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको छ । उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने सरकारले जनाएको छ । हाल परीक्षणको एक चौथाइ नतिजा आउन कम्तीमा २४ घण्टासम्म लाग्ने गरेको छ ।

सरकारले आगामी सातादेखि अस्पताल तथा केयरहोमहरूमा झन्डै ५ लाख र्यापिड स्वाब टेस्ट (जसलाई ल्यामपोर भनिन्छ) उपलब्ध हुने जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरू लाखौं बनाइने सरकारको भनाइ छ ।

बेलायत सरकारले त्यस्तो स्वाब र डीएनए परीक्षणबाट कोभिड–१९ र अन्य फ्लु जस्तो मौसमी रोग छुट्याउन सकिने विश्वास व्यक्त गरेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले जाडोयाममा यो विधि निकै लाभदायक हुने बताएका छन् । सरकारी विज्ञप्तिमा उनले बेलायत सबैभन्दा इनोभेटिभ प्रविधि प्रयोग गरी कोभिडसँग जुध्न सक्षम भएको पनि बताए ।

संकलित नमुना प्रयोगशालामा पठाइरहन नपर्ने भएकाले नतिजा छिटो आउनेछ । अहिले अस्पतालहरूमा प्रायः १० मध्ये ९ वटा टेस्टको नतिजा आउन कम्तीमा २४ घण्टा लाग्छ । ड्राइभ थ्रु सेन्टरमा पोस्टल किट्स वा मोबाइल युनिटमार्फत गर्दा झन् समय लाग्ने गरेको छ किनकि त्यसलाई प्रक्रियाका लागि ल्याब पठाउनुपर्ने हुन्छ ।

एनएचएस हस्पिटलहरूमा सेप्टेम्बरबाट यो परीक्षणका लागि डीएनए नजले ५ हजार डीएनए मेसिन उपलब्ध गराउनेछ, जसबाट आगामी महिनामा ५८ लाख परीक्षण गर्न सकिनेछ । नयाँ परीक्षण ‘द्रुत’ र ‘विश्वसनीय’ रहेको कम्पनीको दाबी छ ।

बेलायतमा हाल दैनिक ३ लाख जनासम्ममा कोरोना परीक्षण हुँदै आएको छ तर सरकारले दैनिक ५ लाख पुर्‍याउने लक्ष्य राखेको छ । बेलायतमा कार्यरत नेपाली डाक्टरहरूको संस्था ‘नेप्लिज डक्टर्स एसोसिएसन यूके’ का अध्यक्ष डा. रमेश खोजू नयाँ प्रविधिले छिटो र परीक्षणको दायरा बढ्ने बताउँछन् । उनका भनाइमा यो प्रविधिमा नाकबाट स्वाब वा थुकको नमुना लिई डीएनए परीक्षण गरिन्छ ।

यो परीक्षण विश्वभरका लागि सस्तो र सहज हुने आशा व्यक्त गर्दै डा। खोजूले संक्रमण फैलिरहेको नेपालमा यस्तो विधि प्रभावकारी हुने बताए । यसको खर्च र प्रभावकारिताबारे भने अहिले नै भन्न नसकिने उनको भनाइ छ । ‘तर कति खर्चिलो छ त्यो पनि महत्त्वपूर्ण कुरा हुन्छ,’ उनले भने । आगामी साताबाट अक्सफोर्ड नानोपोरले ९० मिनेटमै नतिजा आउने ४ लाख ५० हजार ल्यामपोर स्वाब टेस्ट उपलब्ध गराउनेछ ।