२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुहार काठमाडौंमा-फोटो फिचर



अ+ अ-

काठमाडौं । संघिय राजधानी देखि कर्णाली शब्द,दृश्य,चित्र र उत्पादका माध्यमबाट कर्णाली जोड्ने अभियान अन्तगर्त संघीय राजधानीमा जारी कनेक्टीङ कर्णाली अभियान जारी छ ।

चित्रमा जुम्ला जिल्ला,दृश्य र उत्पादनमा कर्णाली जिल्लालाई केन्दित गरी प्रर्दशनी गरीएको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष एव कनेक्टीङ कर्णालीका परिकल्पनाकार भरतबन्धु थापाले बताए ।

फाउन्डेशन स्थापना भएको एक दशकको अवसरमा संघिय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द,चित्र र भिडियोका साथै कर्णालीमा उत्पादीत सामाग्रीहरु मार्फत कर्णालीका संम्भावना र सुन्दरतालाई उजागर गर्ने हेतुले कार्यक्रम गरेको अध्यक्ष थापाले बताए ।

दैलेख,डोल्पा र मुगु पश्चात उनले भनचौथो श्रृखलामा जुम्ला केन्द्रित रहेको छ ।

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ । जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर ती सम्भावनालाई हामीले नजरअन्दाज गरिरहेका छौँ ।

यसर्थ कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथ त्यहाँ उत्पादीका सामाग्रीहरुलाई संघयि राजधानी संग जोड्नुनै कार्यक्रममा प्रमुख उदेश्य रहने अध्यक्ष थापले बताए । प्रर्दशनीमा राखिएका तस्बिरहरु आयोजक र एलपी देवकोटा,विशाल सुनार र कुबेरराज कार्कीका रहेका छ । प्रर्दशन शनिबार सम्म जारी रहने छ ।