११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्र गज मर्यो



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको दीपेन्द्र गज हात्ती क्षयरोगका कारण मरेको छ । 

सोमबार साँझ हात्ती मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार क्षयरोगका कारण हात्ती मरेको अनुमान गरिएको छ । 

बाउन्न वर्षको भाले हात्ती निकुञ्जको सौराहामा रहेको हात्तीसारमा थियो । 

विगत केही महिनादेखि क्षयरोगसहित हात्तीमा अन्य समस्या रहेको थियो ।