२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिरमा मलमुत्र छर्कने क्रिस्चियन महिला पक्राउ



अ+ अ-

काठमाडौं । मन्दिरमा मलपत्र छर्किएर दूषित पार्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–्५ मा रहेको आदेश्वर मन्दिरमा पिसाब छर्किएको अभियोगमा ६१ वर्षीया मीठू तिवारी गर्तौलालाई प्रहरीले पक्रेको हो ।

मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले गत पुस २६ गते बोतलमा पिसाब लिएर आई आदेश्वर मन्दिरभित्रको मूर्तिमा समेत फालेको उजुरी परेपछि खोजी गर्दा मीठूलाई पक्राउ गरिएको हो । उनले त्यसपछि पनि गत फागुन २१ गते त्यसैगरी मन्दिरमा पिसाब फालेर फोहोर दूषित गरेको पाइएको छ ।

ती महिलाले नागार्जुन नगरपालिका–५ स्थित चुण्डेश्वर मन्दिर, सितापाईलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब फाली छर्कि फोहोर तथा दुषित गरेको सिसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । सिसीटीभी फुजेटका आधारमा खोजी गर्ने क्रममा बिहीबार दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतलसहित आदेश्वर मन्दिरमा आएका बेला पक्राउ गरिएको हो । उनलाई ‘धर्मसम्बन्धी कसूर’मा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरी वित्त स्वयम्भूले जनाएको छ ।

पक्राउ परेकी मिठुले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको खुलेको छ । उनी चावहिलस्थित चावहिल मण्डली चर्चमा आबद्ध रहेकोसमेत बताइएको छ ।