१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा भुसाल सर्वसम्मत



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको अध्यक्षमा मुकुन्द भुसाल सर्वसम्मत चयन भएका छन् ।

मंगलबार राजधानीमा सम्पन्न पाँचौं अधिवेशनले भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा सुभद्रा धिताल र सचिवमा लक्ष्मण शर्मा चयन भएका छन् । 

त्यस्तै, सह–सचिवमा पुष्पा अपधकारी र जीपी पौडेल चयन भएका छन् भने कोषाध्यक्षमा रामचन्द्र कार्की चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा रामेश्वर ढकाल, श्रीकृष्ण ढकाल, केशव घिमिरे, सुजित पुडासैनी, आशीष केसी, शर्मिला सुवेदी, सावित्री बस्नेत, सावित्री लुईंटेल, विकल सापकोटा, चिलराम भण्डारी र चेतनारायण पण्डित चयन भएका छन् ।

त्यस्तै, राजाराम न्यौपाने, राजेन्द्र तामाङ, सुशील पुरी, जनक पोखरेल, प्रवेश पाण्डे, मेनुका कार्की, मिना अर्याल, रुपचन्द्र महर्जन, रुपा निरौला र विनोद ढकाल सदस्यमा चयन भएका छन् ।

यस्तै, कमल पन्थी, भरत बुढाथोकी, उत्सव बजगाईं, रुपा घिमिरे, सुव्रत मनु, विपिन पोखरेल, मेनुका श्रेष्ठ, सुवास थापा, विनोद दंगाल र राजकुमार सिलवाल चयन भएका छन् ।