११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा कोरोना पोजिटिभ, कार्यालय अनिश्चितकालका लागि सिल



अ+ अ-

महोत्तरीको जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । जलेश्वर नगरपालिका कार्यालयका ५२ जना कर्मचारीहरूको पिसिआर परीक्षण गरिएकोमा २२ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हो। 

जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा संक्रमण पुष्टि भएपछि नगरपालिकाका बाँकी कर्मचारीहरूका साथै वडाध्यक्षहरूको पिसिआर परीक्षण गराउने तयारी भइरहेको प्रशासकीय अधिकृत कडरियाले बताए।

कर्मचारीहरू संक्रमित भएपछि नगरपालिकाको कार्यालय अनिश्चितकाल सम्मका लागि सिल गरिएको उनले बताए।