१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नेकपामा फेरि अर्को लफडा, भट्ट नियुक्तिलाई लिएर विवाद

नेकपामा फेरि अर्को लफडा, भट्ट नियुक्तिलाई लिएर विवाद
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न बसेको शिर्ष नेताहरुको बैठकमा सरकारी नियुक्तिलाई लिएर अर्को विवाद शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरिएको विषयलाई लिएर विवाद भएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी विवादित व्यक्तिलाई नियुक्ति किन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीमा देखिएको विवाद समाधान गर्न बसेको बैठकको शुरुमै वरिष्ठ नेता खनालले भट्टको नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले समेत प्रधानमन्त्री ओलीसँग भट्ट नियुक्तिको विषयमा प्रश्न उठाएका थिए ।

‘पार्टीमा छलफल नै नगरी किन विवादित व्यक्तिलाई नियुक्ति गर्नुभयो ?’ प्रश्न गर्दै दाहालले भने, ‘यस्ता बिषयमा हामीसंग किन सल्लाह हुदैन ?, पार्टीमा परामर्श नै नगरी यस्तो किन गर्नुपर्यो ?’

स्वेच्छाचारी रुपमा काम गरेकै कारण पार्टी भित्र विवाद भईरहेको आक्रोश दाहालले पोखेपछि प्रधानमन्त्री ओलीले अब पार्टीभित्र परामर्श गरिने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टीभित्रको सल्लाह, सुझाव र परामर्शमै अब यस्ता नियुक्ति गरिने प्रतिबद्धता ओलीले व्यक्ति गरेपछि बैठक कक्षको वातावरण केही शान्त भएको थियो ।

भट्टलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । बैठकमा अध्यक्षद्धय ओली र दाहाल, वरिष्ठ नेता खनालका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागि थिए ।

विगत तीन दिनदेखी सहमती जुटना शुरु भएको बैठक बिनानिष्कर्ष टुंगिरहेको छ । मंगलबारको बैठकमा समेत ओली र दाहाल आ–आफ्नै अडानमा अडिग रहेकाले सहमती जुटन सकेन् ।

प्रधानमन्त्री ओली सचिवालय बैठकबाट विवादको समाधान खोज्नुपर्ने अडानमा छन् भने दाहाल स्थायी कमिटी बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छन् । ओलीले सोमबार जस्तै मंगलबार पनि सचिवालय बैठक नै बस्नुपर्ने प्रस्ताव गरे । तर अर्का अध्यक्ष दाहालले ओलीको प्रस्ताव अस्वीकार गर्दै स्थगित स्थायी कमिटी बैठकको मिति तोक्नुपर्ने र त्यहीबाट सहमती खोज्नुपर्ने बताए ।

दाहाल, खनाल सहित वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पदबाट ओलीले राजिनामा दिनुपर्ने अडानमा छन् । तर ओलीले तत्काल दुबै पदबाट राजिनामा नदिने अडानमा रहेका छन् । साथै आफू अल्पमतमा रहेकाले स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाउन अनिच्छा व्यक्त गर्दै आएका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।