२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन



अ+ अ-

म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु। १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु। १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो ।

चालु आर्थिक वर्षमा रु एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु। एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ ।

झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ९खम्बिर०ले बताउनुभयो । योजनाहरु मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

सघन शहरी तथा भवन निर्माण योजना मार्फत रु। चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत रु। तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं।–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ ।

उक्त कार्यलय मार्फत रु। ६५ लाख ३८ हजार ५३ को लागतमा कुहुँ–टोड्के–झि र रु। एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

स्थानीय पूर्वाधार विकास आयोजना मार्फत रु। चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।

आयोजनाका ईञ्जिनियर मनिष अधिकारीले धवलागिरी गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुई सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु। ६० लाख बजेट बिनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रीयामा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक पूर्वाधार विकास कार्यक्रम मार्फत पाखापानी–कुइनेमंगले–मल्कवाङ, गलेश्वर–दशमुरे–मौवाफाँट–दग्नाम–दरमिजा–कुइनेमंगले–घ्यासीखर्क सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुले ढलान, पक्की नाला र टेवा पर्खाल निर्माण थालेका छन् ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम मार्फत मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले, कुहुँ–टोड्के हुदै झिँ, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले–काफलडाडा–नागी, मालिकाको छ्यारछ्यारे हुदै मङ्गलाको टिकावाङ र बेनी नगरपालिकाको अर्थुङ्गे देउराली–भराले–पुत्लेढुङ्गा सडक आयोजना कार्यान्वयनमा रहेका छन् ।

एक करोड बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिकाको लुलाङ–गुर्जा सडक स्तरोन्नति योजना ठेक्का प्रक्रीयामा छ । रु। ५० लाख बजेट बिनियोजन भएको बेनीको मंगलाघाट र बगरफाँट जोड्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सम्बन्धी योजनाको बहुबर्षीय ठेक्का आव्हानका लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्विकृत गरेको छैन् ।