२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’



अ+ अ-

कञ्चनपुर । चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ ।

कृषि ज्ञान केन्द्रको चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो ।

“असी हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएका छौँ”, सहकारीका प्रबन्धक ललिता पन्तले भन्नुभयो, “छ वटा मिनी टिलरसँगै तीन वटा पाइडल इलेक्ट्रिक धान थ्रेसर र सिँचाइका लागि एक वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका छौँ ।”

योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त एक वटा मिनी टिलर पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो । चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले यान्त्रीकरणमा अनुदान उपलब्ध गराउन र चैते धानखेतीका लागि सहकारीलाई रु सात लाख १९ हजार प्रदान गरिएको प्रबन्धक पन्तले जानकारी जानकारी दिनुभयो । सहकारीमा आबद्ध किसानले चालु आवमा छ बिघामा चैतेधान रोप्न बेर्ना तयार गरेका छन् । रासस