१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री
अ अ+ अ-

बैंकक । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उहाँले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय संगठनका रुपमा रहनुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री डा राणाले भन्नुभयो “अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरुले आफ्ना समस्याहरुको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ । जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता संगठनहरु जीवन्त र जनताको भरोसा बन्न सक्दैनन् ।”

विश्वभर खासगरी दोस्रो विश्वयुद्धपछि क्षेत्रीय कूटनीति र सहकार्यको लहर आएको र स्थानीय गतिशीलता, क्षेत्रीय पहिचान र अवसरका साथै विश्वव्यापीकरणमा अघि बढ्ने क्रममा क्षेत्रीय संगठनहरु जन्मिन पुगेका प्रसंग उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री डा राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रुपमा रूपान्तरण गर्न सक्ने आधारहरु देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “जस्तो कि हामीले यस क्षेत्रमा सहकार्य गर्दैछौँ भने सबैभन्दा पहिला त हामीले यहाँका आमा तथा बालबालिकाको रुग्ण स्वास्थ्य अवस्था, आमा तथा शिशु मृत्युको अवस्था, शासनका हरेक मोडलमा महिलाको उपस्थिति र महिला नेतृत्वको अवस्था, सामाजिक पछ्यौटेपन, जलवायु परिवर्तनले हामीलाई दिनप्रतिदिन थपिरहेको चुनौती आदिजस्ता विषयमा पहिला हेरौँ र तिनको समाधानमा लागौँ ।”

मन्त्री डा राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवद्र्धनमा बिमस्टेकको भूमिका महत्वपूर्ण रहेकोमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो “क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले सदा स्वीकार गरेको छ । यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध छ ।”

उहाँले सदस्य राष्ट्रहरुबीचको सामूहिक सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवद्र्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो “बिमस्टेकलाई जीवन्त तथा जनता–केन्द्रित संस्था बनाउनका लागि विकास साझेदारहरू र संयुक्त राष्ट्रसंघ लगायत अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यलाई बढावा दिनुपर्ने पनि बताउनुभयो ।”

बिमस्टेक भित्रको क्षेत्रीयताको प्रमुख उत्प्रेरक भनेको यस क्षेत्रको अर्थतन्त्र, स्रोतसाधन, संस्कृति, समाज र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको बताउँदै उहाँले प्रशस्त प्राकृतिक स्रोतसाधन र युवा जनसंख्या भएपनि बिमस्टेक त्यस रुपमा अझै अघि बढ्न नसकेको बताउनुभयो ।

बिमस्टेक फ्रेमवर्कभित्र स्वतन्त्र व्यापार क्षेत्र, कनेक्टिभिटी, बिमस्टेक गुरुयोजना, बौद्ध सर्किट, मन्दिर सर्किट, इको–टुरिजम सर्किट र अन्य पहलहरूलाई समेत समेटेर विकासका क्षेत्रमा अघि बढ्नुपर्ने पनि उहाँले सुझाउनुभयो ।

त्यस्तै मन्त्री डा राणाले मानव संसाधन विकास, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राखेर ठूलो जनसंख्याको आवादीका रुपमा रहेको यस क्षेत्रले युवा र गतिशील जनसंख्याबाट लाभ लिनसक्नुपर्ने बताउनुभयो । क्षेत्रीय चुनौतीको सामना गर्न हाल विकसित एआइले ल्याएकोे नवीन प्रविधिहरूको प्रयोग र आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।