
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताको कुरा सुन्ने यात्रा, ‘जनयात्रा’ को सुरुआत गर्ने भएको छ ।
रास्वपाले चैत्र २३ गते (शनिबार) चितवनबाट जनयात्रा थाल्ने भएको हो । सोमबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको थियो ।
रास्वपा नेता डोरप्रसाद अर्यालले यसबारे जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिशोध होइन, सुधारको यात्रामा अटल छ । भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध अब गाउँ–गाउँ, बस्ती–बस्तीमा जाने बेला आएको छ । यसै क्रममा, ‘जनयात्रा’ को शुभारम्भ शनिबार, चैत्र २३, देवभूमि चितवनबाट !’
यस्तै, अर्का नेता विराजभक्त श्रेष्ठले लेखेका छन् – राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिले गत चैत १८ गते अनुमोदन गरेको ‘जनयात्रा’को तयारीबारे प्रारम्भिक छलफल।विस्तृत कार्ययोजना बनाइने ।
अब, समाधान र सम्भावनाको यात्रामा अघि बढ्ने बेला भयो ।